आइतबार, चैत ८, २०८२

महिला युरो कप एक वर्ष पछि सारियो

एजेन्सी– १३ औं संस्करणको महिला युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) एक वर्ष पछि सारिएको छ। इंग्ल्यान्डका हुने भएको युरो २०२१ लाई एक वर्ष सारेर २०२२ को समरमा गर्न लागिएको हो।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

एजेन्सी– १३ औं संस्करणको महिला युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) एक वर्ष पछि सारिएको छ। इंग्ल्यान्डका हुने भएको युरो २०२१ लाई एक वर्ष सारेर २०२२ को समरमा गर्न लागिएको हो।

National life

कोरोना भाइरसको संक्रमणका कारण पुरुष युरोपियन फुटबल प्रतियोगिता युरोकप २०२० र टोकियो ओलम्पिक एक वर्ष पछि सरेपछि महिलाको प्रतियोगिता पनि सर्ने आँकलन गरिएको थियो।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफइले बैठकहरु गर्दै प्रतियोगिता सञ्चालन गर्ने वा स्थगित गर्नेबारे निर्णय गरिरहेको छ। बुधबार बसेको युईएफएको ५५ सदस्यीय बैठकमा २०२१ मा हुने प्रतियोगिता एक वर्ष पछि सार्न सहमति भएको हो।

प्रतियोगितामा एक वर्ष पछि सरेपछि महिलाका दुई शीर्ष प्रतियोगिता ओलम्पिक र युरो कप पनि नजुध्ने भएको छ।

तीन युरोपिन राष्ट्र इंग्ल्यान्ड, नेदरल्यान्ड र स्विडेन यसअघि नै ओलम्पिकको लागि क्वालिफाइ भइसकेका छन्।

Laxmi sunrise bank
kumari

यता युरो कपको लागि क्वलिफिकेसनका खेल सकिएका छैनन्। सारेर २०२२ मा पुर्याइएको प्रतियोगिता गर्ने मिति भने तोकिएको छैन।

युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चत कालका लागि स्थगित भएको छ।

युईएफएका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको हो।

युरोपमा जुन सम्मका लागि सबै राष्ट्रिय प्रतियोगिताहरु स्थगन भइसकेका छन्। युरो कपको प्लेअफ खेलदेखि लिएर युरो क्वालिफाइङ र महिला युरोकप स्थगन भइसक्दा च्याम्पियन्स लिग पनि अनिश्चितकालका लागि स्थगित भएको हो।

प्रकाशित: Apr 02, 2020| 13:32 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।