मंगलबार, असार ३०, २०८३

होम क्वारेन्टाइनमा बसेका सन्दीपको संगीतमय फेसबुक लाइभ

नेपाली राष्ट्रिय टोलीका स्पिन बलर सन्दीप लामिछाने अहिले चितवनस्थित आफ्नै घरमा छन्।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका स्पिन बलर सन्दीप लामिछाने अहिले चितवनस्थित आफ्नै घरमा छन्। उनले फेसबुक लाइभ गर्दै विश्वास कायम राखेर अघि बढ्न सुझाव दिएका छन्।

सबै खेलाडीले विश्वासलाई कायम राखेर अघि बढेमा छिटै विश्वकपसम्म पुगिने विश्वास सन्दीपको छ। उनी आफ्नो यात्रा सुनाउँछन्, ‘मेरो हरेक यात्रामा नयाँ नयाँ मोड हुने गर्छ। मैले अन्डर १९ मा डेब्यू गरें। त्यसपछि सिनियर टिममा डेब्यू गरेँ। त्यसपछि मलाई लागिहन्छ– जति सक्छौं धेरै नयाँ कामहरु गरौं। आफ्नो नाम आफ्नो देशको नाम कसरी माथि लिएर जान सकिन्छ। त्यसलाई मात्र हामी फोकस गरेका हुन्छौं।’

फिटनेस र तौल व्यवस्थापन गर्न सामान्य कसरत गरिरहेको र खानाको सन्तुलन मिलाउने गरेको उनले सुनाए। दैनिक कसरत गरेमा ४०–४५ वर्षको उमेरसम्म पनि फिट रहन सकिने सन्दीपको विश्वास छ।

फेसबुक लाइभमा उनी गितारसँग आएका थिए। उनले एउटा गीत पनि सुनाए । समाजलाई आफू नमुना भएर देखाउँदा मात्र कोरोनाको संक्रमण नफैलने कुरा बुझेका सन्दीप भन्छन्, ‘हामीले सरकारले भनेको आदेश पालना गरेर घरमै बसेको खण्डमा मात्र जोगिन सक्छौं। हामीले समाजलाई प्रेरणा दिनका लागि भए पनि घरमै बस्नुपर्ने भएको छ। यसको अर्को फाइदा त छँदै छ कि घरमा बसेमा कोरोनाको जोखिम हुँदैन।’

सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा एक लाख रुपैयाँ सहयोग गरेका सन्दीपले सबैलाई सहयोगको अपिल पनि गरेका छन्।

प्रकाशित: Apr 01, 2020| 17:10 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।