आइतबार, चैत ८, २०८२

खेल जगतमा कोरोनापछि फेरिन सक्छन् यी व्यवहार

कोभिडको जोखिम कम भएर जनजीवन सामान्य भएपछि खेल सुरु हुने नै छन्। तर के खेलका सबै व्यवहार पहिले जस्तै होलान?
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– कोभिड–१९ ले विश्वको खेल तालिकामा हलचल ल्याइदिएको छ। विश्वका सबै खेल तालिका परिवर्तन हुँदा खेलकुद व्यवहारमा पनि परिवर्तन नहोला भन्न सकिन्न।

National life

कोभिडको जोखिम कम भएर जनजीवन सामान्य भएपछि खेल सुरु हुने नै छन्। तर के खेलका सबै व्यवहार पहिले जस्तै होलान्?

जापान टूडेले कोभिडपछि हराउन सक्ने तीन व्यवहारबारे चर्चा गरेको छ।

क्रिकेटमा बल स्वीङ गराउन थुकको प्रयोग

क्रिकेट बलको एकतर्फ स्मुथ पाटो हुन्छ भने अर्को तर्फ रफ सतह हुन्छ। बलमा रहेको स्मुथ सतह चिल्लो हुन जरुरी हुन्छ। त्यसैले खेलाडीले आफ्नो थुक लगाएर सो सतहलाई चिल्लो बनाइरहेका हुन्छन्।

Laxmi sunrise bank
kumari

खेलमा सहभागी पार्टनरको विश्वासमा टेकेर क्रिकेटमा यो परम्परा इतिहासबाटै स्वीकारिएको हो। अब भने कोभिड–१९ पछि परिवर्तन हुन सक्ने आकलन गरिएको छ।

“म एक बलर भएर सोच्छु कि टेस्ट प्रतियोगितामा हामीले बललाई चिल्लो बनाएनौं भने धेरै कठिन हुनेछ,” अष्ट्रेलियाका पट कमिन्सले भन्छन्, “यदी हामी रोग फैलिन्छ भन्ने शंकको घेरामै रह्यौं भने हामी खेलिरहन सक्छौं जस्तो लाग्दैन।”

टेनिसमा तौलियाको प्रयोग

टेनिस खेलाडीले आफ्नो पसिनाले भिजेको तौलिया बल बोइ/ग्रललाई दिने गरेका छन्। त्यसपछि केही खेलमा सो तौलिया दर्शकलाई प्रोत्साहन स्वरुप बाँड्ने पनि गरिन्छ।

यसबारे खेल पदाधिकारीले कोरोना संक्रमणको सुरुमै अनुसन्धान थालेका थिए।

त्यसपछिको मिकीमा भएको बन्द रंगशालाको खेलमा भने बल बोइ/ग्रलले हातमा ग्लोब्स लगाएका थिए। खेलाडीलाई तौलिया राख्नका लागि पनि छुट्टै बास्केटको व्यवस्था गरिएको थियो।

त्यसअघि सन २०१८ मा पनि तौलियालाई आरमालीमा राख्ने भनिए तापनि यो विधि खासै रुचाइएको भने थिएन्।

“तौलिया साथमा नहुनु भनेको खेलमा एउटा कुरा नहुनु जस्तै हो,” ग्रिसका स्टेफेनो सित्सिपासले नेटगेन फाइनलको समयमा भनेका थिए, “खेलाडीलाई तौलिया र बल दिएर सहयोग गर्नु बलकडीको कर्तव्य हो।”

खेलमा जरुरी भए पनि यसबारे सोच्न टेनिस एसोसिएसन बाध्य भएको छ।

हात मिलाउने

शीर्ष फुटबल लिग स्थगित हुनुअघि पनि हात मिलाउन प्रतिबन्ध गरिएको थियो।

प्रिमियर लिग लिडर लिभरपुलले पनि मस्कटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। त्यस्तै साउथ ह्याम्टनले खेलाडीलाई अटोग्राफ साइन नगर्न र सेल्फी नखिच्न आग्रह गरिसकेको थियो।

फुटबलबाहेक नेसनल बास्केटबल एसोसिएसन (एनबीए) मा पनि लामो समय गरिने ‘हाई फाइभ’ भन्दा ‘फिस्ट बम्प’ गर्न सल्लाह दिएको थियो। त्यस्तै फ्यानबाट बल र टिसर्ट साइन नगर्न पनि सल्लाह दिइएको थियो।

‘कोभिड–१९ पछि म जीवनमा कसैले पनि हाइ फाइभ नगरोस भन्ने चाहन्छु,” एनबीएका सुपरस्टार लिब्रोन जेम्सले रोड ट्रिपिनको पोडकास्टमा भनेका छन्।

अमेरिकी महिला फुटबल स्टार मेगन र्यापिनोयले पनि हात नमिलाउने र हाइ फाइफ नगर्ने नियम धेरै राम्रो भएको बताएकी थिइन्।

उनले न्युयोर्क टाइमसँग भनेकी छन्,– “खेलमा जतिबेला पनि पसिनाले भिजिरहेका हुन्छौं। त्यसैले हात नमिलाउनु नै स्वास्थ्यको लागि राम्रो हो।”

प्रकाशित: Apr 08, 2020| 09:57 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।