मंगलबार, असार ३०, २०८३

भलिबल विश्व वरियाता : नेपाली महिला टोली यथास्थानमा

नेपाली महिला भलिबल टोली विश्व भलिबल महिला वरियतामा यथावत् रहेको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- नेपाली महिला भलिबल टोली विश्व भलिबल महिला वरियतामा यथावत् रहेको छ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) द्वारा बिहीबार जारी विश्व वरीयतामा नेपाल यथास्थानमा छ।

यसअघि पनि नेपाल ८६ औं स्थानमा थियो। नयाँ वरीयता अनुसार नेपालको ५७ अंक छ।

एफआइभीबीले अन्तर्राष्ट्रिय खेलमा सहभागिता भएको र पाएको सफलताका आधारमा वरीयता निर्धारण गर्ने गरेको छ।

सोही आधारमा नेपाली महिला भलिबल टोलीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन्।

नेपालको महिला टिम एसियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ।

महिलाको विश्व वरीयताको शीर्ष स्थानमा चीन रहेको छ भने दोस्रोबाट पाँचौसम्म अमेरिका, ब्राजिल इटाली र टर्की रहेका छन्।

पुरुषतर्फ भने नेपाल शीर्ष सयमा पनि छैन। नेपालको वरियता १ सय ३६ औं स्थानमा रहेको छ।

प्रकाशित: Apr 02, 2020| 14:44 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।