मंगलबार, असार ३०, २०८३

अस्ताए ‘डिएल मेथड’का पिता

क्रिकेट खेल वर्षाका कारण अवरोध भई पुनः सुरु गर्नुपरेमा अपनाइने विधि हो डकवर्थ लुइस प्रणाली अर्थात् डिएल मेथड। यही डिएल मेथड प्रदान गर्ने गणितज्ञ टोनी लुइसको मृत्यु भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं– क्रिकेट खेल वर्षाका कारण अवरोध भई पुनः सुरु गर्नुपरेमा अपनाइने विधि हो, डकवर्थ लुइस प्रणाली अर्थात् डिएल मेथड। यही डिएल मेथड प्रदान गर्ने गणितज्ञ टोनी लुइसको मृत्यु भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

उनले साथी फ्रान्क डकवर्थसँग मिलेर मौसमका कारण रोकिएको खेलका लागि सन् १९९२ मा डिएल मेथड बनाएका थिए। यो फर्मुलालाई आईसीसीले इंग्ल्यान्डमा खेलिएको सन् १९९९ विश्वकपबाट अपनाएको थियो।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले भनेको छ, ‘टोनी फ्रान्कको योगदान कसैले भुल्न सक्ने छैनन्। क्रिकेटमा उनको योगदान सधैं ऋणी रहने छ।’

टोनी र फ्रान्कको फर्मूलाको धेरै पटक आलोचना पनि भएको थियो। त्यसपछि अष्ट्रेलियाका गणितज्ञ स्टिवन स्टर्नले यो फर्मुलालाई रिभाइज गरेका थिए। त्यसपछि यो प्रणालीलाई डकवर्थ लुइस स्टर्न पनि भन्ने गरिन्छ।

यो नियम आउनुपूर्व क्रिकेटमा आईसीसीले टिमको रन रेट र औषत मात्र हेर्ने गर्दथ्यो। अर्थात् वर्षा हुनुअघि जसले धेरै रन रेट बनाएको थियो उसैको जित हुने गर्दथ्यो।

पुरानो नियममा विकेटको बारेमा कुनै गणना गरिने गरिएको थिएन। जब डिएल मेथडमा सुरु भयो त्यसपछि रन र विकेटको औषतमा गणना गर्न थालियो।

प्रकाशित: Apr 02, 2020| 14:19 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।