आइतबार, चैत ८, २०८२

टोटेनह्याम छोड्ने संकेत गर्दै केनले भने – म महत्वाकांक्षी छु

इङ्ल्यान्डका फुटबलर ह्यारी केन सन् २००४ मा टोटेनह्याम प्रवेश गरे। उनले सन् २०११ बाट १७ वर्षकै उमेरमा क्लबको सिनियर टिमबाट खेल्ने अवसर पाए।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

एजेन्सी- इङ्ल्यान्डका फुटबलर ह्यारी केन सन् २००४ मा टोटेनह्याम प्रवेश गरे। उनले सन् २०११ बाट १७ वर्षकै उमेरमा क्लबको सिनियर टिमबाट खेल्ने अवसर पाए।

National life

त्यसपछि उनले फुटबल केरियरमा कहिल्यै कमजोर हुन परेको छैन। सन् २०१८ को मे यता उनी टिम इंग्ल्यान्डको कप्तानसमेत छन्। र, उनी युरोपको उत्कृष्ट फरवार्डमा गनिन्छन्।

तर प्रिमियर लिगमा क्लबलाई उपाधि दिलाउन भने नसकिरहेका केनको यात्रा अन्योलपूर्ण बनेको छ। उनी क्लबमा रहने कि नरहने भन्नेबारेमा फुटबल पण्डितहरुले भजन गाउन थालेका छन्। ‘के उनी अब क्लबमै रहलान ?’ उनलाई चिन्ने फुटबल दर्शकमा अहिले उब्जने प्रश्न पनि यही छ।

कति समयसम्म उनी क्लबमा रहन्छन् भन्ने प्रश्नमा उनी सिधा उत्तर दिँदैनन्। उनी आफ्नो खेलप्रति ‘महत्वकांक्षा’ अधिक भएको पनि बताउँछन्।

‘मैले यो प्रश्नको धेरैपटक सामना गरेको छु’, उनी अन्यत्र जाने चर्चा चल्दैगर्दा लिभरपुलका पूर्व मिडफिल्डर जेमी रेडन्यापसँग केनले इन्टाग्राम लाइभमा भने, ‘यसको उत्तर हो वा होइन कुनै पनि हुनसक्छ। म स्पुर्स (टोटेनह्याम) लाई धेरै माया गर्छु। यदि टोटेनह्यामले प्रगति गरिरहेजस्तो लागेन भने म अर्को क्लबमा जान पनि सक्छु। म कहीँ पनि रोकिइरहन चाहान्नँ। म एक महत्वकांक्षी खेलाडी हुँ।’

Laxmi sunrise bank
kumari

उनले क्लब छोड्नेबारे लामो समयबाट चर्चा चलिरहेको छ। केही सयम पहिला त उनको नाम स्पेनिस क्लब रियल मड्रिड र इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँग जोडिएको थियो। नाम जोडिए पनि उनी त्यतातिर गएनन्।
शीर्ष गोलकर्ता भएर दुई पटक बुट पाएको क्लबमै बसे। उनले टोटेनह्यामबाटै प्रिमियर लिगमा दुई पटक गोल्डेन जुत्ता हात पारिसकेका छन्।

त्यस्तै, फिफा विश्वकम २०१८ मा पनि गोल्डेन बुट पाए। गोल्डेन बुटबाट सम्मानित भएपछि नै उनी अन्यत्र जाने हल्ला चलिरहेको थियो, तर गएनन्।

२०१८ को विश्वकपपछि उनको फ्यान पनि उल्लेख्य रुपमा बढेका छन्।

उनी एकदुई सिजन मात्र उत्कृष्ट प्रदर्शन गरेर होइन धेरै सिजनमा राम्रो खेलेर लिगमा नाम राख्न चाहान्छन्। उनले आफू लिगको सर्वाधिक गोलकर्ता हुन चाहेको पनि बताएका छन्।

लिगमा शीर्ष गोलकर्ता बन्न लामो यात्रा उनले तय गनुपर्ने हुन्छ। हाल २६० गोलका साथ एलन सेअरेर प्रिमियर लिगको सर्वाधिक गोलकर्ता कायम छन्।

‘म लिग जित्नका लागि खेल्न चाहान्छु, व्यक्तिगत रुपमा त मैले केही उपलब्धि हाँसिल गरिसकेको छु। तर म उपाधि जित्नका लागि खेल्छु। मलाई थाहा छ उपाधि जित्दाको खुसी रेकर्ड तोड्नुभन्दा ठूलो हुन्छ’, उनले भने।

‘मलाई लाग्छ शीर्ष गोलकर्ता बन्न चाहनेलाई चोट लाग्नु र आराम गरिरहनु ज्यादै मुस्किल कुरा हो। यदि मैले अब दश वर्षसम्म खेल्न सकेँ भने त्यो रेकर्ड पनि तोड्न सक्छु’, उनले थपे, ‘हाल मेरो दिमागमा यही कुरा चलिरहेको छ।

एलनको गोलसँग हालसम्म कोही पनि नजिक पुग्न सकेको छैन्। त्यसैले अब धैर्यताले काम लिनु पर्छ।’

हेरी क्यानले हालसम्म १३६ गोल गरेर धेरै गोल गर्ने खेलाडीको तालिकामा १३ औं स्थानमा छन्।

प्रकाशित: Mar 30, 2020| 18:12 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।