आगामी जुन २९ बाट जुलाई १२ सम्म हुने तय भएको वर्षकै पहिलो समर टेनिस प्रतियोगिता विम्बल्डन स्थगित भएको छ। कोरोना भाइरसको जोखिमका कारण खेल गराउने वातावरण हुन नसक्ने भएपछि प्रतियोगिता स्थगित भएको हो।
विम्बल्डन पछिल्लो पटक दोश्रो विश्वयुको समयमा स्थगित भएको थियो। त्यसपछि प्रतियोगिता पहिलोपटक स्थगित भएको हो। विम्बल्डन स्थगनसँगै अब जुलाई १३ सम्म विश्वमा कुनै टेनिस प्रतियोगिता नहुने भएको छ। यसबाहेकका अन्य टेनिस प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन्।
विम्बल्डनले ट्विटरमा सूचना पोस्ट गर्दै प्रतियोगिता आगामी वर्ष २०२१ को जुन २८ बाट जुलाई ११ मा हुने जानकारी दिएको छ।