ग्लोबल स्टार सेरेना विलियम्सलाई हराउँदै बेलारुसियन पूर्व नम्बर वान भिक्टोरिया अजरेन्का यूएस ओपनको फाइनलमा प्रवेश गरेकी छन्। उनले सेमीफाइनलमा सेरेनालाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेकी हुन्।
कोरोना महामारीका कारण फरवार्ड नेयमार जुनियर, केलियन एम्बाप्पे र डि मारियाको अनुपस्थितिका साथै थियागो सिल्वा बाहिरिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो खेलमा झट्का लागेको छ।
क्यारेबियम प्रिमियर लिग (सीपीएल)को बुधबार बिहानसम्पन्न दोस्रो सेमीफाइनल खेलमा गुएना अमेजन वारियर्सलाई १० विकेटले हराउँदै सेन्ट लुसिया जोउक्स फाइनल प्रवेश गरेको छ।