आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • जेकोविच फ्रेन्च ओपनको क्वार्टरफानलमा, लाइन जजमाथि फेरि प्रहार

जेकोविच फ्रेन्च ओपनको क्वार्टरफानलमा, लाइन जजमाथि फेरि प्रहार

सर्विन टेनिस खेलाडी नोभान जोकोविच फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं- सर्विन टेनिस खेलाडी नोभान जोकोविच फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

उनले रसियन खेलाडी कारेन खाचानोभलाई सोझो सेटमा हराउँदै लगातार ११ औं पटक क्वार्टरफाइनल प्रवेश गरेका हुन्।

१५ औं वरियताका खाचानोभलाई ३३ वर्षीय विश्व नम्बर वान जोकोभिचले ६–४, ६–३ र ६–३ को सेटमा हराएका हुन्। अब उनले क्वार्टरफाइनलमा १७ औं वरियताका पावलो वुस्तासँग प्रतिस्पर्धा गर्नेछन्।

चौथो चरणको खेलमा वुस्ताले जर्मन क्वालिफायर डेनियल अटमायरलाई ६–२, ७–५ र ६–२ को सेटमा हराएका थिए। 

त्यस्तै, ग्रिकका स्टेफानो त्सित्सिपासले बुल्गेरियाका ग्रिगर दमित्रिभलाई हराउँदै पहिलो पटक फ्रेन्च ओपनको अन्तिम आठमा प्रवेश गरेका छन्।
त्सित्सिपासले अब रसियन खेलाडी आन्द्रे रुब्लेबसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्।

जोकोविचले फेरि हिर्काए लाइन जजलाई
जोकोविचले दोस्रोपटक पनि लाइन जजलाई बलले प्रहार गरेपछि आफ्नो लागि यो अप्ठ्यारो अवस्था पैदा भएको बताएका छन्। 

उनले गत अगस्टमा सम्पन्न यूएस ओपनमा पनि लाइन जजलाई बलले प्रहार गरेपछि प्रतियोगिताबाट बाहिरिनु परेको थियो। उनले अहिले भइरहेको फ्रेन्च ओपनमा पनि त्यस्तै भएपछि आफूलाई अप्ठ्यारो लागेको बताएका हुन्।

तर यो समय खेलका दौरान थियो न कि जोकोविचको आक्रोषका कारण। ‘मलाई आशा छ उहाँ सन्चै हुनुहुन्छ,’ जोकोविचले खेलपछि भने, ‘उहाँले यसलाई बहादुरीपूर्वक सहनु भएको छ। म धेरै नजिक भएकाले यस्तो हुन गएको हो।’
 

प्रकाशित: Oct 06, 2020| 03:08 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।