आइतबार, असार २८, २०८३

लेवान्डोस्कीले गरे हेर्था बार्लिनविरुद्ध ४ गोल

जारी बुन्डेसलिगाको आइतबार राति सम्पन्न खेललमा रोबर्ट लेवान्डोस्कीलले चार गोल गरेका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– जारी बुन्डेसलिगाको आइतबार राति सम्पन्न खेललमा रोबर्ट लेवान्डोस्कीलले चार गोल गरेका छन्। उनको चार गोलसँगै घरेलु मैदानमा बायर्नले हेर्था बर्लिनविरुद्ध ४–३ गोलअन्तरको जित निकालेको छ।

जितका लागि सबै गोल भर्खरै मात्र यूईएफए वर्ष उत्कृष्ट खेलाडी घोषित लेवान्डोस्कीले नै गरे। यता हेर्थाका लागि भने जोन कोर्दोबा, माथिउस कुन्हा र जेसिक एनगन्कामले समान १–१ गोल गरे।

लेवान्डोस्कीले ४० औं मिनेटमा रिकार्डको क्रसलाई हेडमार्फत् गोलमा बदले। उनको गोलसँगै पहिलो हाफमा बायर्न १ –० गोलअन्तरले अघि रह्यो। दोस्रो हाफमा त गोलवर्षा नै भयो। दुवै टिमले समान ३–३ गोल गरे।

रिकार्डको पासमा ५१ औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल थपे भने ५९ औं मिनेटमा हेर्थाका कोदोर्बाले गोल गरे।

त्यस्तै, ७१ औं मिनेटमा कुन्हाले गोल गदै खेललाई बराबरीमा ल्याए तर थोमस मुलरको पासमा लेवान्डोस्कीले ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। र, फेरि बायर्नलाई अग्रता दिलाए।

उनको अग्रता हेर्थाका एनगन्कामले ८८ औं मिनेटमा खोसे पनि इन्ज्युरी समयमा गोल गर्दै लेबान्डोस्कीले बायर्नलाई ४–३ गोलअन्तरको जित दिलाए।

तीन खेलमा दोस्रो जितसहित ६ अंक बनाएको बायर्न अंकतालिकाको पाँचौ स्थानमा छ। त्यस्तै पराजित हेर्था भने तीन अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: Oct 05, 2020| 02:48 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।