आइतबार, असार २८, २०८३

चेन्नईको १० विकेटको जितमा कीर्तिमानी पार्टनरसिप

इन्डियन प्रिमियर लिग(आईपीएल)को १८ औं खेलमा चेन्नई सुपर किंग्स किंग इलेवन पञ्जाबमाथी १० विकेटको जित निकालेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को १८ औं खेलमा चेन्नई सुपर किंग्स किंग इलेवन पञ्जाबमाथी १० विकेटको जित निकालेको छ। 

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएपछि तीन खेल जितबिहिन चेन्नईले आइतबार राति सानदार जित निकालेको हो।

टस जितेर ब्याटिङ राजेको पञ्जाबले निर्धारित ओभरमार ४ विकेट गुमाएर १७८ रन बनाएको थियो। १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले कुनै विकेट नगुमाई १७.४ ओभरमा लक्ष्य  भेटाउँदै १८१ रन बनायो।

चेन्नईको जितका लागि शेन वाट्सन र फाफ डू प्लेसिसले कीर्तिमानी पार्टनसिप खेले। उनीहरुले १८१ रनको पार्टनरसिप चेन्नई सुपर किंग्सका लागि आजसम्कै ठूलो हो। जहाँ  वाट्सनलले ८३ रन र डू प्लेसिसले ८७ रन बनाउँदै अविजित रहे।

चेन्नईले अतिरिक्त ११ रन प्राप्त भयो। आईपीएल इतिहासमा १० विकेटको जितसहित पुरा गरिएको यो दोस्रो ठूलो लक्ष्यसमेत हो।

त्यसअघि पहिलो पारी सम्हालेको पञ्जाबका ओपनर ब्याट्स्मेन केएल राहुलले ६३ रन बनाए भने निकोलस पुरनले ३३ रन जोडे। त्यस्तै, मायंक अग्रवाल र मन्दिप सिंहले क्रमशः २६ र २७ रन बनाए।

पहिलो पारीमा चेन्नईका श्रदुल ठाकुरले २ विकेट लिए भने रविन्द्र जाडेजा र पवन चावलाले समान १–१ विकेट लिए।

जितसहित चेन्नई दुई स्थानमाथि उक्लिदै छैटौं स्थानमा छ। पराजित पञ्जाब २ अंकका साथ पुछारमा छ।
 

प्रकाशित: Oct 05, 2020| 00:35 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।