बुधबार, चैत ४, २०८२

मुम्बई पुग्यो शीर्ष स्थानमा, हैदराबादविरुद्ध ३४ रनको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स ३४ रनले विजयी भएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स ३४ रनले विजयी भएको छ।

National life

यूएईको शारजाह मैदान टस जितेर पहिले ब्याटिङमा आएको मुम्बईले सनराइजर्स हैदराबादमाथि जित निकालेको हो।

पहिलो पारी सम्हालेको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १०.४ को रन रेटमा २०८ रन बनायो। २०९ रनको लक्ष्य पछ्याएको हैदराबाद निर्धारित ओभरमा ७ विकेट गुमाएर १७४ रनमै समेटियो।

मुम्बईका ओपनर क्विन्टन डि ककले ४ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ६७ रनको बनाए।

त्यस्तै, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र इसान किसनले २७, २८ र ३१ रन बनाए भने किरोन पोलार्डले अविजित २५ रन बनाए। तर कप्तान रोहित शर्मा भने ६ रनमै आउट भए।

Laxmi sunrise bank
kumari

यता हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कौरले २–२ विकेट लिए भने रशिद खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड वार्नरले सर्वाधिक ६० रन बनाए। ओपनर जोन्नी ब्रिस्टोले २५ रन बनाए। त्यस्तै, मनिष पाण्डेले ३० रन जोड्दा केन विलियम्स तीन रनमै पेवेलियन फर्किए। अन्य खेलाडीमा अब्दुल समदले २० रन बनाउनुबाहेक कसैले सम्झनलायक प्रदर्शन गरेनन्।

बरु मुम्बईका ट्रेन्ट बोल्ट, जस्प्रित बुमराह र जेम्स पट्टिन्सनले समान २–२ विकेट लिए। क्रुनल पाड्याले एक विकेट लिए।

आईपीएल अंकतालिकामा ६ अंक बनाएको मुम्बई शीर्षस्थानमा छ। समान ६ अंक भएका दिल्ली र बैंगलोर नेट रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छ।

पराजित हैदराबाद भने ४ अंकका साथ छैटौं स्थानमा छ।

आईपीएलको दोस्रो खेलमा अहिले दुबई रंगशालामा चेन्नई र पञ्जाबको खेल भइरहेको छ।

प्रकाशित: Oct 04, 2020| 14:11 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।