बुधबार, चैत ४, २०८२

डर्टमुन्डको जितमा चम्किए हाल्यान्ड

जर्मन बुन्डेलिगामा शनिबार राति सम्पन्न खेलमा युवा खेलाडी इर्लिङ ब्रुट हाल्यान्ड चम्किँदा बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- जर्मन बुन्डेलिगामा शनिबार राति सम्पन्न खेलमा युवा खेलाडी इर्लिङ ब्रुट हाल्यान्ड चम्किँदा बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ।

National life

उसले घरेलु मैदान वेस्ट फलन रंगशालामा फ्रिबर्गलाई ४-२ गोल अन्तरले हराउँदै सानदार जित निकालेको हो।

जितका लागि हाल्यान्डले दुई गोल गरे भने इम्री क्यान र फेलिक्स पासल्याकले समान १–१ गोल गरे।

खेलको ३१ औं मिनेटमा गोल गर्दै हाल्यान्डले सुरुवाती अग्रता बनाएका थिए। उनको गोलसँगै पहिलो हाफमा डर्टमुन्ड एक गोलले अघि रह्यो।

दोस्रो हाफको ४७ औं मिनेटमा क्यानले गोल गरे भने ६६ औं मिनेटमा हाल्यान्डले नै व्यक्तिगत दोस्रो गोल गरे। यता पास्ल्याकले इन्ज्युरी समयमा गोल गर्दै जितलाई ४-० को नतिजामा पुर्याए।

Laxmi sunrise bank
kumari

तीन खेलमा दुई जितसहित ६ अंक बनाएको डर्टमुन्ड अंकतालिकाको तेस्रो स्थानमा छ। पराजित फ्रिबर्ग भने ४ अंकका साथ ११ औं स्थानमा छ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा आरबी लाइप्जिकले साल्केलाई ४-० गोलअन्तरले हराएको छ। जितसहित ७ अंक बनाएको लाइप्जिक अंकतालिकाको शीर्षस्थानमा छ। पराजित साल्के भने अंकविहिन रहँदै पुछारमा छ।
 

प्रकाशित: Oct 04, 2020| 01:27 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।