काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सडक एकतर्फी संचालनमा आएको छ।
भदौ १० गतेदेखि अवरुद्ध भएको सडकमा रहेको लेदो हटाएर काठमाडौं-मुग्लिन सडक एकतर्फी संचालनमा आएको प्रहरीले जानकारी दिएको छ।
सडक एकतर्फी खुलेपछि अहिले बिचमा फसेका सवारी साधनलाई मात्र जान दिइएको बताइएको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेको थियो।
