बुधबार, चैत ४, २०८२

चौथो जितसँगै दिल्ली आईपीएलको शीर्ष स्थानमा 

जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल विजयी भएको छ। दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं- जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल विजयी भएको छ। दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले सम्पूर्ण ओभर खेल्दै चार विकेटको क्षतिमा १९६ रन बनायो। १९७ रनको लक्ष्य पछ्याएको बैंगलोर निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रनमा समेटिएपछि खेल दिल्लीले जितेको हो।

जितका लागि मार्कस स्टोनिसले ५३ रनको अर्धसतकिय इनिङ खेले। यस्तै ओपनर पृथ्वी श र शिखर धवनले क्रमशः ४२ र ३२ रनको योगदान दिए।

ऋषभ पन्त ३७ रन बनाएर आउट भए। यता बैंगलोरका मोहम्मद सिरजले दुई विकेट लिए भने इसरु उडाना र मोइन अलीले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको बैंगलोरका कप्तान विराट कोहलीले ४३ रन बनाए भने वासिंटन सुन्दरले १७ रन बनाए यसबाहेक अन्य खेलाडी सम्झनलायक प्रदर्शन गरेनन्।

Laxmi sunrise bank
kumari

दिल्लीका लागि कागिसो रबाडाले चार विकेट गिराए भने एनरिक नोर्टजे र अक्षर पटेलले समान २–२ विकेट लिए। सबैभन्दा कम अर्थात् ४.५ को इकोनोमी प्रदान गरेका पटेल प्लेयर अफ दी म्याच घोषित भए।

जितका साथ पाँच खेलबाट चार खेल जित्दै ८ अंक बनाएको दिल्ली अंकतालिकाको शीर्षस्थानमा छ भने बैंगलोर ६ अंकका साथ तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 06, 2020| 00:49 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।