आइतबार, असार २८, २०८३

जितसहित रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ। 

लेभान्टेको डे ला सेरामाइकामा रंगशालामा सम्पन्न खेलमा रियलले घरेलु टिममाथी २–० गोलको सहज जित निकालेको हो।

जितका लागि भिनिसियस जुनियर र करिम बेञ्जेमाले गोल गरे। खेलको १६ औं मिनेटमो लुका मोड्रिचको कर्नर बललाई भिनिसियसले गोलमा परिणत गरेका थिए।

त्यस्तै, खेलको ७० औं मिनेटमा पनि मोड्रिचको बल रामोसले हेडमार्फत् गोल गरे पनि सो गोल भिडियो रेफ्रिले रद्द गरिदिएको थियो। बरु इन्ज्युरी समयमा रोड्रिगोको पासमा बेञ्जेमाले गोल गरे।

जितसहित १० अंक बनाएर रियल मड्रिड लिगको शीर्षस्थानमा आएको छ। पराजित लेभान्टे भने ३ अंकका साथ १८ औं स्थानमा कायम छ।

त्यस्तै, आइतबार राति सम्पन्न अन्य खेलमा अलाभेसले घरेलु मैदानमा एथ्लेटिक क्लबलाई १–० गोलले हराएको छ भने ग्रानाडाले कार्डिकसँग १-१ गोलको बराबरी खेलेको छ।
 

प्रकाशित: Oct 05, 2020| 00:59 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।