बुधबार, चैत ४, २०८२

अफगानी ब्याट्सम्यान ताराकाईको निधन

अफगानिस्तानका दायाँ हाते ब्याट्सम्यान नजिब ताराकाईको निधन भएको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– अफगानिस्तानका दायाँ हाते ब्याट्सम्यान नजिब ताराकाईको निधन भएको छ। यही अक्टोबर २ मा सडक दुर्घटनापछि आईसीयूमा रहेका ताराकाईको मंगलबार निधन भएको हो।

National life

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘एसीबी र अफगानिस्तानी क्रिकेट प्रेमीहरुका लागि यो कठोर समय हो। हामीले मिलनसार व्यक्ति र २९ वर्षे आक्रामक ओपनिङ ब्याट्सम्यान नजिब ताराकाई गुमाएका छौं। सडक दुर्घटनाबाट ज्यान गुमाएपछि हामी यो खबरले स्तब्ध भएका छौं।’

उनले यही वर्षको सेप्टेम्बरमा भएको शापागिजा प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका थिए। तर गत शुक्रबार दुर्घटनामा परेपछि उनी नान्ग्रहरमा उपचाररत थिए।

उनले अफगानिस्तानको राष्ट्रिय टिमबाट १२ टी–२० र एक ओडीआई खेलेका छन्। उनले सन् २०१४ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।

उनले सन् २०१७ मा आयरल्यान्डविरुद्ध ९० रन बनाएका थिए। यो उनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो।

Laxmi sunrise bank
kumari

अफगानिस्तानका तर्फबाट उनले २४ पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन्। जहाँ उनले २०३० रन बनाएका छन्।

त्यस्तै टी २० अन्तर्राष्ट्रियमा २५८ रन बनाएका छन्।
 

प्रकाशित: Oct 06, 2020| 11:23 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।