बुधबार, चैत ४, २०८२

म्यानचेस्टर युनाईटेडले भित्र्याको काभानी

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एडिसन काभानी भित्र्याउने म्यानचेस्टर युनाईटेडको प्रयास सफल भएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एडिसन काभानी भित्र्याउने म्यानचेस्टर युनाईटेडको प्रयास सफल भएको छ। 
उसले समर फुटबलको अन्तिममा फ्री ट्रान्फरमार्फत् काभानीलाई अनुबन्ध गरेकोे हो।

National life

३३ वर्षे उरुग्वेयन अन्तर्राष्ट्रिरय खेलाडीले गत जुनमा नै पीएसजी छोडेका थिए। अब उनले एक वर्षका लागि युनाइटेडसँग खेल्ने सम्झौता गरेका छन्।

काभानीले पाँच ५५६ क्लब खेलमा ३४१ गोल गरेका छन्। जहाँ फ्रेन्च क्लबमा उनले ३०१ खेलमा २०० गोल गर्ने खेलाडीको रेकर्डसमेत बनाएका छन्।

त्यस्तै उनले राष्ट्ररका तर्फबाट ११६ खेलमा ५० गोल गरेका छन्। अब उनले च्याम्पियन्स लिगको २० अक्टोबरमा हुने समूह चरणको खेलमा युनाइटेडबाट डेब्यू गर्नेछन्। सो खेलमा युनाइटेडले काभानीकै पूर्वक्लब पीएसजीको सामना गर्नेछ।

त्यसअघि पनि युनाईटेडले अन्तर्राष्ट्रिरय ब्रेकपछि १७ अक्टोबरमा न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ। तर काभानीले च्याम्पियन्स लिगबाट डेब्यू गर्ने बताइएको छ।

Laxmi sunrise bank
kumari

युनाईटेडको अंकतालिकामा अहिले मात्र ३ अंक भएर ऊ अंकतालिकाको १६ औं स्थानमा छ। उसले पछिल्लो खेलमा टोटेनहमसँग ६–१ गोलअन्तरको समाना गरेको थियो।

‘म्यानचेस्टर युनाइटेड विश्वको एक उत्कृष्ट क्लब हो, यहाँ हुनु मेरोलागि गर्भको कुरा हो,’ काभानीले अनुबन्धपछि भने, ‘मैले बीचको समयमा पनि धेरै मेहेनत गरेको छु। साथै क्लबबाट खेल्न पनि ज्यादै उत्साहित छु।’
 

प्रकाशित: Oct 06, 2020| 01:05 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।