आइतबार, असार २८, २०८३

लेग स्पिनर अमित बाहिरिँदा पनि प्लेइङ ११ मा परेनन् सन्दीप

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) टिमका अर्का लेग स्पिनर अमित मिश्रा चोटका कारण जारी सिजनको लिगबाट बाहिरिएका छन्। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) टिमका अर्का लेग स्पिनर अमित मिश्रा चोटका कारण जारी सिजनको लिगबाट बाहिरिएका छन्। 

मिश्रा बाहिरिएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले स्थान पाउने आशा गरिएको थियो। तर उनी दिल्लीको पाँचौ खेलको प्लेइङ इलेवेनमा पर्न सफल भएनन्। 

दिल्लीका स्पिनर अमित मिश्रा औंलाको चोटका कारण बाहिरिए हुन्। ‘दिल्ली क्यापिटलको लेग स्पिनर अमित मिश्रा जारी आईपीएलको बाँकी खेलमा सहभागी नहुने भएका छन्।

‘उनको उनको बलिङ गर्ने हातको रिङ फिंगरको टेन्डनमा लागेको चोटका कारण उनले खेल गुमाउने भएका हुन्,’ दिल्लीले सूचनामा भनेको छ। 

सन्दीपलाई दिल्ली क्यापिटलले तीन सिजन अघि २० लाख भारतीय रुपैयाँमा ३ सिनजका लागि अनुबन्ध गरेको थियो। 

यस्तो छ दिल्लीको प्लेइङ सेट :
श्रेयस अयर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पृथ्वी श, शिमरोन हेट्मेयर, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रवाडा, एनरिच नोर्तजे, हर्षल पटेल

केही बेरअघि सुरु भएको खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्दैछ।

प्रकाशित: Oct 05, 2020| 14:07 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।