आइतबार, असार २८, २०८३

एट्लेटिकोको दोस्रो बराबरी, भ्यालेन्सिया पराजित

ला लिगाकै शनिबार राति सम्पन्न अर्को खेलमा रियल सोसिडाडले गेटाफेलाई ३–० गोलले हराएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– स्पेनिस ला लिगमा शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा उसले बराबरी खेल्दै अंक बाँडेको हो।

पहिलो खेलमा सानदार जित निकाल्दै लिग सुरु गरेको एट्लेटिकोले दोस्रो र तेस्रो खेल बराबरीमा टुंग्याएको छ। उसको अंकतालिकामा पाँच अंक छ भने पराजित भिल्लारियलले पाँच खेलबाट ८ अंक बनाएको छ।

शनिबार राति नै सम्पन्न खेलमा भ्यालेन्सिया रियल बेटिससँग २–० गोलले पराजित भएको छ। यता बेटिसको जितका लागि सर्जियो कानलेस र क्रिस्टियन टेल्लेले १–१ गोल गरे।

जितसँगै रियल बेटिस ला लिगाको शीर्षस्थानमा छ। उसले ५ खेलमा ९ अंक बनाएको छ। त्यस्तै, पराजित भ्यालेन्सिया ७ अंकका साथ छैटौं स्थानमा छ।

ला लिगाकै शनिबार राति सम्पन्न अर्को खेलमा रियल सोसिडाडले गेटाफेलाई ३–० गोलले हराएको छ।

प्रकाशित: Oct 04, 2020| 01:08 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।