बुधबार, चैत ४, २०८२

अनिश्चितकालका लागि सर्‍यो धनगढी प्रिमियर लिग

धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले आयोजना गर्ने पहिलो फ्रेन्चाइज टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले आयोजना गर्ने पहिलो फ्रेन्चाइज टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ। आयोकले आज (आइतबार) एक सूचना जारी गर्दै क्रिकेट प्रतियोगिता स्थगित गरेको हो।

National life

‘हामीले चौथो संस्करण यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेका थियौँ, कोरोना महामारीका कारण प्रतियोगिता स्थिगित भए पनि नयाँ मिति चाँडै घोषणा गर्नेछौँ।’ आयोजकले भनेको छ। उसले सूचनामा भनेको छ, ‘प्रतियोगिताको नयाँ मिति यथाशीघ्र घोषणा गर्ने जानकारी गराउँछौं।’

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले आयोजना गर्दै आएको एसपीए कप र डीसीएको आयोजनामा हुँदै आएको धनगढी क्रिकेट लिग (डीसीएल) लाई समायोजन गर्दै २०१७ देखि धनगढी प्रिमियर लिग(डीपीएल) आयोजना हुँदै आएको छ। 

राष्ट्रियस्तरमा शहरको नाममा फ्रेन्चाइजी टोली र टोलीले खेलाडीहरुको अक्सनमा खेलाडीहरुको बोलकबोल गर्दै भित्र्याउने व्यवसायिक परम्परा डीपीएलले सुरु गरेको हो।

पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले डीपीएलमा सहभागिता जनाउँदै आएका छन्। अघिल्लो वर्ष डीपीएलको तेस्रो संस्करण धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न भइसकेको छ। 

Laxmi sunrise bank
kumari

आयोजकले हरेक संस्करणको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गरेका १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँ प्रदान गर्दै आएको छ।
 

प्रकाशित: Oct 04, 2020| 13:20 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।