आइतबार, असार २८, २०८३

भुवनेश्वरसहित हैदराबादका दुई खेलाडी आईपीएलबाट बाहिर

सनराइजर्स हैदराबादका फास्ट बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिगका बाँकी खेल गुमाउने भएका छन्।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– सनराइजर्स हैदराबादका फास्ट बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिगका बाँकी खेल गुमाउने भएका छन्। उनी थाईको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका हुन्।

चेन्नई सुपर किंग्ससँगको खेलमा उनी चोटग्रस्त भएका थिए। यसकारण हैदराबादले लेफ्ट आर्म फास्ट बलर पृथ्वी राज यार्रालाई भुवनेश्वरको ठाउँमा प्रतिस्थापन गर्ने भएको छ।

शनिबार सम्पन्न मुम्बईसँगको खेलमा बेन्चमै सिमित भएका कारण उनको फिटनेसबारे पनि शंकाहरु उब्जिएका थिए।

त्यसअघि चेन्नईसँगको आफ्नो चौथो ओभरमा उनले एक बल मात्र फ्याँकेका थिए। त्यतिबेला उनी आफ्ना हिप समाएर बसिरहेका देखिन्थे। तर उनको चोट कति गहिरो होे भन्ने स्पष्ट भइसकेको थिएन्।

उनको चोटबारे बुझिसकेपछि आउँदो नोभेम्बरमा हुने इन्डिया अष्ट्रेलियामा उनको सहभागीता हुने वा नहुनेबारे अहिल्यै भन्न नसकिने इन्डियन टिम व्यवस्थापनले भनेको छ।

भुवनेश्वर हैदराबादका अनुभवी स्ट्राइक बलर हुन्। उनले जारी सिजनमा तीन विकेट मात्र लिए पनि कसिलो बलिङ गर्दै ६.९८ को इकोनोमी प्रदान गरेका छन्।

साथै उनी कप्तान डेबिड वार्नरका ग्रुप एसिस्टेन्ट कप्तानसमेत हुन्।

भुवनेश्वर चोटका कारण बाँकी खेल गुमाउने हैदराबादका दोस्रा र जारी सिजनका तेस्रा खेलाडीसमेत हुन्। यसपहिलो हैदराबादका अष्ट्रेलियन खेलाडी माइकल हर्षले घुँडाको चोटका कारण लिग गुमाएका छन्। उनी आईपीएलको पहिलो हप्तामै खेलबाट बाहिरिएका थिए।

त्यस्तै, औंलाको चोटका कारण दिल्लीका अमित मिश्राले पनि हिजो(सोमबार) पछिका खेल गुमाएका छन्। उनको बलिङ हातको रिङ फिंगरमा चोट लागेको छ।
 

प्रकाशित: Oct 06, 2020| 11:26 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।