आइतबार, असार २८, २०८३

ईपीएलमा युनाइटेडविरुद्ध टोटेनहमको आधा दर्जन गोल

इंग्लिस प्रिमियर लिग(ईपीएल)को आइतबार राति सम्पन्न खेलमा टोटेनहमले म्यानचेस्टर युनाइटेडविरुद्ध सानदार जित निकालेको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल)को आइतबार राति सम्पन्न खेलमा टोटेनहमले म्यानचेस्टर युनाइटेडविरुद्ध सानदार जित निकालेको छ।

युनाईटेडले घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा ६-१ को पराजय भोग्नु परेको हो। खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेजले दोस्रो मिनेटमै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे।

उनले सुरुवातमै बनाएको अग्रता टोटेनहमले चौथो मिनेटमा खोस्यो। ट्यांगी एनडोम्बेलेले युनाइटेको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरे।

त्यस्तै, ह्यारी केनले दिएको पासलाई केरियन फरवार्ड सन ह्युङ मिनले सातौं मिनेटमै गोलमा बदले। २८ औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सलले लामेलालाई हिर्काएपछि रातो कार्ड खाँदै बाहिरिँदा युनाइटेड थप दबाबमा आयो।

त्यसको दुई मिनेट लगत्तै सनको पासमा केनले गोल गरे भने सर्ज औरियरको पासको उपयोग गर्दै सनले ३७ औं मिनेटमा गोल गरे। सनको गोलसँगै पहिलो हाफमा टोटेनहम ४-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि औरियर र केनले १-१ गोल थपे। पहिलो हाफबाटै पछि परेको युनाईटेडले ६-१ गोलअन्तरको हार बेहोर्यो।

जिततसँगै टोटेनहम अंकतालिकाको छैटौं स्थानमा छ भने पाराजित युनाइटेड तीन खेलबाट ३ अंक बनाएर १६ औं स्थानमा छ।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा लेस्टर सिटी घरेलु मैदानमा वेस्ट हामसँग ३–० गोलले पराजित भएको छ भने साउथह्याम्टनले होम ग्राउण्डमा वेस्ट ब्रोमलाई हराएको छ।
 

प्रकाशित: Oct 05, 2020| 01:13 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।