आइतबार, असार २८, २०८३

महिला फुटबलमा पहिलो एल क्लासिको : बार्सिलोनाको सानदार जित

महिला फुटबलको इतिहासमा पहिलो अफिसियल एल क्लासिको सम्पन्न भएको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– महिला फुटबलको इतिहासमा पहिलो अफिसियल एल क्लासिको सम्पन्न भएको छ। सो एल क्लासिकोमा बार्सिलोनाको महिला टिमले रियल मड्रिडको महिला टिममाथि ४–० गोलको सानदार जित निकालेको छ।

बार्सिलोनाको जितका लागि पेट्रिका गुइजार्रो, लिइके मार्टिन्स र एलेक्स पुटेल्लसले गोल गरे। यता रियल मड्रिडले भने आत्मघाती गोल गर्दै बार्सिलोनालाई एक गोल उपहार दिएपछि बार्सिलोनाले ४–० गोलअन्तरले खेल जित्यो।

महिला प्रिमियर लिग खेल्ने बार्सिलोनाको महिला टिम पुरानो भए पनि रियल मड्रिडले गत जुलाईमा मात्र नयाँ टिम बनाएको थियो। रियलले क्लब डिपोर्टिभो टाल्कोनका खेलाडी किनेर नयाँ टिम बनाएको हो।

टाल्कोनले पछिल्लो सिजन आफ्नै जर्सीमा प्रतिस्पर्धा गरेको थियो। पछिल्लो सिजनमा रियल मड्रिडको अहिलेकै टिमले टाल्कोनको जर्सीमा खेल्दा बार्सिलोनासँग ९–१ र ६–० गोलको हार बेहोरेको थियो।

महिला प्रिमियर लिगामा बार्सिलोना साविक विजेतासमेत हो। स्पेनमा रियल मड्रिड र बार्सिलोनाको फुलटब खेललाई एल क्लासिको भनिन्छ। यसको अर्थ महाभिडन्त भन्ने हुन्छ। यसपहिले रियल मड्रिडको महिला टिम नभएकाले महिला एल क्लासिको भएको थिएन।
 

प्रकाशित: Oct 05, 2020| 02:17 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।