बुधबार, चैत ४, २०८२

कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडीलाई आज (आइतबार) उपचार खर्च प्रदान गरेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडीलाई आज (आइतबार) उपचार खर्च प्रदान गरेको छ।

National life

एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई चार लाख रुपैयाँ सहयोग प्रदान गरेको कोषले जनाएको छ। कोषले एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरेको छ। 

सहयोग रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको कोषले जनाएको छ। राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। सो रोगबाट उनको दुवै आँखाको ज्योति गुमेको छ। क्यान्सर रोगबाट पीडित पूर्वराष्ट्रिय खेलाडी राईको गत साउन १९ गते निधन भएको थियो।

त्यस्तै, बास्केटबलकी सविता खड्कालाई एक लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ। सहयोग पाउने तीनै जनालाई घुँडाको समस्या छ।

मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले मनीषालाई हस्तान्तरण गर्ने गरी बुझेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

Laxmi sunrise bank
kumari

समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष २०६८ सालबाट स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए। 

कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ। 

कोषले ०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई १–१ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो। 

भूकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरिएको थियो। यसबाहेक समयस्यामा परेका खेलाडीलाई कोषले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: Oct 04, 2020| 05:48 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।