आइतबार, असार २८, २०८३

लज्जास्पद हारसँगै टुंगियो लिभरपुलको अपराजित यात्रा

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा साविक विजेता लिभरपुलले लज्जास्पद हार बेहोरेको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा साविक विजेता लिभरपुलले लज्जास्पद हार बेहोरेको छ। उसले एस्टोन भिल्लाको मैदानमा आइतबार राति सम्पन्न खेलमा घरेलु टिमसँग ७–२  गोलको हार बेहोरेको हो।

एस्टोन भिल्लाका ओली वाट्किन्सले ह्याट्रिक गरे भने ज्याक ग्रियलिजले दुई गोल गरे। त्यस्तै जोन म्यागिन र रोज बार्कलेले समान १–१ गोल गरे।

यता लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरे। घरेलु टिमका वाट्किन्सले खेलको चौथो र २२ औं मिनेटमा गोल गर्दै सुरुवातमै २ गोलको अग्रता बनाए। ३३ औं मिनेटमा सलाहले गोल गर्दै खेलमा फर्कन चाहे पनि फर्कन सकेनन्।

यता भिल्लाका म्याकगिनले ३५ औं मिनेटमा अर्को गोल थपे भने वाट्किन्सले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यससँगै पहिलो हाफमा लिभरपुल ४–१ गोलले पछि पर्यो।

दोस्रो हाफमा पनि भिल्लाले तीन गोल थप्यो। ५५ औं मिनेटमा बार्कलेले गोल गरे भने ६६ औं र ७५ औं मिनेटमा ग्रियलिजले गोल गरे। त्यसअघि ६० औं मिनेटमा सलाहले सान्त्वना गोल गरे।

पराजयका बाबजुद ९ अंक बनाएर लिभरपुल पाँचौं स्थानमा कायम छ। विजेता टोन भिल्ला भने समान ९ अंकका साथ दोस्रो स्थानमा छ।

लिभरपुलको बलिया खेलाडी साडियो माने कोरोना संक्रमण भएपछि क्वारेन्टिनमा छन्।

अक्टोबर ब्रेकअघिको अन्तिम खेलसम्ममा एभर्टन १२ अंकका साथ शीर्षस्थानमा छ भने लेस्टर सिटी र आर्सनल समान ९ अंक बनाएर तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: Oct 05, 2020| 01:56 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।