एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह बिमा रहेको नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपालले बलियो टिम इरानको सामना गर्दैछ।
इंग्लिस प्रिमियर लिग (ईपीएल)मा वेस्ट हामसँग टोटेनहम हट्स्पर पराजित भएको छ। वेस्ट हामको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम टोटेनहमले १–० गोलको हार बेहोरेको हो।
आईसीसी विश्वकपमा पाकिस्तानले भारतसँगको २९ वर्षे हारको यात्रा टुंग्याएको छ। आइतबार राति दुवईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको हो।