काठमाडौं- २००९ को मार्च महिनामा डारुल मिचेल, मार्कस स्टोइनिस र जस्टिन ल्याङगर एउटै टिममा थिए। उनीहरू पर्थस्थित स्काबराको पहिलो ग्राण्ड प्रिमियरसिपमा एउटै ‘चेन्जिङ रुम’ साझा गरिरहेका हुन्थे।
आतबार राति दुबईमा भने केही फरक देख्न पाइनेछ। जहाँ दुई पुराना स्कुले साथी स्टोइनिस र मिचेल विश्वकप फाइनलमा भिड्दै हुनेछन् भने अस्ट्रेलिया टिमको प्रशिक्षक बनेर ल्याङगर खेल हेरिरहेका हुनेछन्।
आजको विश्वकपमा यी दुई खेलाडीको खेल हेर्नुअघि बुझ्नपर्छ कि १२ वर्षअघि यी दुवै खेलाडी स्काबराको हिरो थिए। त्यो बेलाको सेमिफाइनलमा स्टोइनिसले १८९ रन बनाएका थिए। मिचेल जो त्यतिबेला १८औं जन्मदिन पुग्न दुई महिना टाढा थिए उनले २६ रन खर्चिर चार विकेट लिएका थिए।
त्यसैको सहयोगमा स्काबराले ब्यसवाटर मोर्लेलाई हराएर प्रिमियरसिपको उपाधि जितेको थियो। ती खेलहरूको दौरान मिचेलका टिमकप्तान थिए क्लिन हिरोन। जो पश्चिमी अस्ट्रेलियाका पूर्वओपनर पनि थिए। उनी सम्झन्छन् त्यतिबेला ब्यसवाटर मोर्लेले दुई विकेट मात्र गुमाएर १६९ रन बनाउँदै २६५ रनको लक्ष्य पछ्याइरहेको थियो जतिबेला उनले मिचेललाई प्रयोग गरेका थिए।
‘मिचेलले खेल हाम्रो हातमा फर्काएका थिए,’ उनी सम्झन्छन, ‘हामीसँग टिममा एउटा ठूलो गन थियो र तिनीहरू चुप बस्नेवाला थिएनन्। मैले यसबारेमा ल्यान्ङगरसँग पनि यो कुरा गरेको थिएँ।’
विश्वकपअघि कुराकानीका दौरान मिचेल सम्झन्छन कि दुवैका लागि होल्डर र ल्याङगरको निकै ठूलो खेल प्रभाव रहेको छ।
उनले थपे, ‘हामीले त्यतिबेला यो सोचेर बल डारुललाई दिएका थियौं कि उनी त्यस्ता खेलाडी हुन जसले केही गर्न सक्छ। र, उनले लगातार विकेट गिराए, त्यसरी उनले विकेट लिएको सायदै त्यो पहिलो थियो। उनी निकै प्रभावशाली प्रतियोगी पनि थिए।’
उनका पिता जोन मिचेल आसन्न सुपर १४ रग्बी प्रतियोगिताको लागि वेस्टर्न फोर्सको प्रशिक्षक अपोइन्ट हुनुभन्दा ती वर्षअघि नै न्युजिल्यान्डबाट मिचेल पर्थमा पुगेका थिए। त्यसपछि उनी हेल स्कुलमा भर्ना भए। त्यही स्कुलमा नै उनले दुई वर्ष जेठा स्टोइनिससँग भेट गरे। त्यसपछि मिचेल पनि स्टोइनिस रग्बी खेलाडी डान पिटीसँगै खेल्न थाले।
ती स्कुले जीवनका दौरान स्टोइनिस र मिचेल आत्मीय साथीहरू रहे। उनीहरूले लगातार पाँच वर्षसम्म सँगै अभ्यास गरे। स्काबरामा हिरोन र ल्यान्ङगरको मेन्टरमा उनीहरूले अथक मेहेनेत गरे। पर्थको रिभोलुसन सेन्टर स्पोस्ट्स इन्डोरमा रहेर उनीहरूले जिम र नेट अभ्यास पनि सँगै गरे। त्यहाँ उनीहरूको मेन्टर थिए निल नोडी होल्डर। तिनै अभ्यासले उनीहरूलाई उत्कृष्ट क्रिकेटर बनायो।

विश्वकपअघि कुराकानीका दौरान मिचेल सम्झन्छन कि दुवैका लागि होल्डर र ल्याङगरको निकै ठूलो खेल प्रभाव रहेको छ। ‘ब्याटिङमा मात्र होइन मेन्टरका रूपमा पनि होल्डरका साथ काम गर्नु र उनीसँग समय बिताउनुले मलाई राम्रो क्रिकेटर बन्न सहयोग गरेको छ,’ मिचेल भन्छन्, ‘मेरो खेल राम्रो बनाउन क्रिकेटरका हिसाबले मात्र सहयोग गरेका छैनन्।’
उनी जस्टिनका साथमा स्काबरामा क्रिकेट खेल्न पाउनु आफ्नो लागि ठूलो भाग्य रहेको बताउँछन्। भन्छन्, ‘स्कुलबाहिरको पहिलो वर्ष मेरो लागि निकै अनुकूल थियो। म सम्झन्छु कि केटाकेटी हुँदै उनलाई हेरेर हुर्कनु र ड्रेसिङ कोठा साझा गर्नु उनकै फलदायी थियो।’
त्यहाँ बिडम्बनाको कुरा के छ भने उनीहरूले पहिलो श्रेणी स्तरको क्रिकेटर बन्नका लागि पर्थ छोड्नुपर्यो। स्टोइनिस भिक्टोरियासँग सम्झौताविना नै आफ्नो भाग्य जाँच गर्न मेलबर्नतर्फ लागे। यता मिचेल चाहिँ आफ्नो देश न्युजिल्यान्ड फर्किएर दक्षिणी जिल्लाहरूमा क्रिकेट खेल्न थाले। यो २०११ को कुरा हो।
स्टोइनिसले पर्थ र मेलबर्नको ग्रेड क्रिकेटमा प्रभुत्व जमाएका थिए। साथै घरेलु क्रिकेट र अन्तर्राष्ट्रियमा उनको आरोहण मिचेलको भन्दा कम आश्चर्यको कुरा थियो। किनभने स्काबराबाट उनको सराई निकै सामान्य थियो। तर हिरोनलाई लाग्थ्यो उनको केही विशेष भने छ।
‘उनको चरित्र जानिसकेपछि लाग्छ उनी आफ्नो तर्फबाट निकै राम्रो गर्नसक्नेछन्,’ उनले भने, ‘र, उनी गएपछि पनि उनी मसँगै नजिकै रहे। मैले उनको खेल कस्तो हुँदैछ, अभ्यास कस्तो छ, अफस्पिनरसँगको उपस्थिति कस्तो छ भनेर सोधिरहेको हुन्थेँ। उनी गफ गर्नका लागि मात्र पनि कहिलेकाहीँ टाउनमा फर्किन्थे।’
उनले खेलपछि गरेको मेहेनेत, उनलाई मनिसले गरेको विश्वास र उनको फिटनेसले सधैँ अविश्वासनीय रहन्थ्यो। उनीहरूको सहयोगमा ल्यान्ङगरले पहिलो तीन सिजनको ग्रण्ड प्रिमियरसिपको उपाधि आफ्नो कप्तानीमा जितेका थिए। त्यसमध्ये उनले आफ्नो अन्तर्राष्ट्रिय क्यारियर अन्त्य गरेर पनि दुई उपाधि जिते।

एजे टाय र मार्कस ह्यारिस अघिका दुई अन्तर्राष्ट्रिय खेलाडी हुन् जो त्यति क्लबले जन्माएको थियो। हिरोन अझैसम्म विश्वास गर्छन् कि उनीहरूको जीवनमा ल्याङगरको प्रभाव बुझ्न नसकिने किसिमको छ।
यता मिचेल भन्छन् आफ्नै पूर्व टिममेटलाई, साथीलाई फरक टिममा खेलिरहेको देख्दा अचम्म लाग्छ।
‘क्लब क्रिकेट खेलेर हुर्किएका स्टोइनिस र मार्कस ह्यारिससँग खेलेको भनेर अहिले सम्झँदा विचित्र लाग्छ। किनभने उनीहरू देशका लागि खेलिरहेका छन्,’ मिचेल भन्छन्, ‘तर, हो अघि बढ्नका लागि उनीहरूसँग बिताएको समय निकै महत्त्वपूर्ण थियो। त्यसले मेरो क्रिकेटिङ केरियरमा सहयोग गरेको छ।’
‘त्यो निकै गजबको समय थियो,’ हिरोन आज सम्झन्छन्, ‘सबैले त्यो समय रमाइलो गरेका थिए र धेरै सिकेका थिए। आफूलाई फर्किएर हेर्दा ती सबै भेटिन्छन्। हामी समूहलाई विचार गथ्र्यौँ। के हामीसँग एक अर्काप्रति विश्वास छ? त्यहाँ सबै कुराहरू पूर्ण विश्वास, प्रतिबद्धता हुन्थे। त्यहाँ गुमाउनका लागि केही हुन्थेन।’ आज पनि स्टोइनिस र मिचेल ती सुझावहरू पालना गरेर खेलिरहेका छन्।
अब भोलिको खेलमा यी दुई टिम आआफ्नो देशलाई पहिलो पटक टी २० को उपाधि दिलाउने होडमा हुनेछन्। अब उनीहरूलाई आआफ्नो टिमलाई जित दिलाउने जिम्मेवारी छ। र, जन नतिजा निस्कन्छ तब एकको आँखामा खुसी हुनेछ भने अर्काको आँखामा पीडा हुनेछ।
जितमा सँगै रमाउने र हारमा सँगै वेदना साट्ने भावना भोलिको रात स्टोइनिस र मिचेललाई उपलब्ध हुनेछैन।
(म्याक्स माल्कोमले इएसपीएन क्रिकइन्फोमा लेखेको सामाग्रीको भावानुवाद)