सोमबार, जेठ २५, २०८३

डडेल्धुरामा नैनसिंह महरको धन्यवाद ज्ञापन सुरु

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा तर्फ कांग्रेसको पराजयपछि अमरगढी नगर पालिकाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा कांग्रेस नेता नैनसिंह महरले मतदातालाई जिल्ला व्यापि धन्यवाद ज्ञापन कार्यक्रम अमरगढी नगरपालिकाबाट सुरु गरेका छन्।

National life

फागुन २४ गते दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रममा बोल्दै नेता महरले निर्वाचनमा आफूलाई विश्वास गरी अमूल्य मत, साथ र समर्थन प्रदान गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक तथा आम जनसमुदायप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले चुनावी हारलाई गणितीय प्राविधिकताको संज्ञा दिँदै भने, 'हामीले चुनावको एउटा अंकगणित गुमाएका छौं तर जनमतको आधार र वैचारिक धरातल गुमाएका छैनौं। लोकतन्त्रमा जनताको अभिमत सर्वोपरि हुन्छ र हामी यसलाई सहर्ष स्वीकार गर्छौं।'

कार्यकर्ता पंक्तिमा देखिएको निराशालाई चिर्दै महरले ऐतिहासिक तथ्यहरू प्रस्तुत गरेका थिए। २०१७ साल र २०७४ सालको राजनीतिक संकटको दृष्टान्त दिँदै उनले कांग्रेस खरानीबाट ब्युँझिने 'फिनिक्स' चरा जस्तै भएको दाबी गरे। 'रुखका केही पात झरे भन्दैमा रुख सुक्यो भनेर सोच्नेहरूले छिट्टै कांग्रेसको नयाँ वसन्त देख्नेछन्,' महरले भने, 'यो हार केवल एउटा अल्पविराम हो, पूर्णविराम होइन।'

नेता महरले अबको राजनीति परम्परागत शैली र भावनाले मात्र नचल्ने कुरामा जोड दिए। उनले देशको ६० प्रतिशतभन्दा बढी युवा जनशक्ति (डेमोग्राफिक डिभिडेन्ड)लाई जोड्न पार्टीको 'अपरेटिङ सिस्टम' परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। 'अबको कांग्रेस 'इमोसन' (भावना) ले मात्र होइन, 'इन्फर्मेसन' (सूचना) र 'इनोभेसन' (नवप्रवर्तन) ले चल्नुपर्छ,' उनले भने।

Shivam cement

एकअर्कालाई दोषारोपण गर्नुको साटो गहिरो आत्मसमीक्षा गर्न र आजैबाट जनताको घरदैलोमा पुगेर सुखदुःखमा साथ दिन उनले कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रकाशित: Mar 08, 2026| 16:27 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्