शुक्रबार, कात्तिक १३, २०८३

कस्तो छ कांग्रेस पदाधिकारीको वरीयता ?

 |  शुक्रबार, कात्तिक १३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित २० जना पदाधिकारीको वरीयता निर्धारण गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथपछि वरीयता सूची टुंगो लगाएको हो।

निर्धारित वरीयताअनुसार सभापति गगन थापा पहिलो नम्बरमा रहेका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो नम्बरमा छन्।

त्यस्तै, उपसभापतिहरूमध्ये डा. चन्द्रकान्त भण्डारी चौथो, मधु आचार्य पाँचौँ र विनोद चौधरी छैटौँ नम्बरमा रहेका छन्। महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदयशमशेर राणा नवौँ नम्बरमा छन्।

पार्टीले निर्धारण गरेको सूचीअनुसार सहमहामन्त्रीहरूमा बहादुर सिंह लामा दसौँ, योगेन्द्र चौधरी एघारौँ, प्रकाश स्नेही रसाइली बाह्रौँ, जीवन शाही तेह्रौँ र अजय चौरसिया चौधौँ नम्बरमा रहेका छन्। त्यसैगरी, आङ्गेलु शेर्पा पन्ध्रौँ, रामहरि खतिवडा सोह्रौँ, प्रतिमा गौतम सत्रौँ, अजयबाबु सिवाकोटी अठारौँ, मनोजमणि आचार्य उन्नाइसौँ र डा. फिरदोस आलम बीसौँ नम्बरमा रहेका छन्।

वरीयता सूचीमा सभापतिपछि वरिष्ठ उपसभापति, महिला उपसभापति, अन्य उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई क्रमशः स्थान दिइएको छ।

प्रकाशित: Oct 30, 2026| 08:42 शुक्रबार, कात्तिक १३, २०८३
प्रतिक्रिया दिनुहोस्