बिहीबार, कात्तिक १२, २०८३

सोमपाल र गुलशनले कर्णालीलाई जिताए, विराटनगरको दोस्रो हार

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

विहिबार सम्पन्न दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो।

विराटनगर किंग्सले दिएको १८७ रनको विशाल लक्ष्य पछाएको कर्णाली याक्सले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

कर्णालीका लागि कप्तान सोमपाल कामीले अविजित ६२ रनको शानदार पारी खेलेका थिए। सोमपालले ३२ बलमा ६२ रन बनाएका थिए। त्यस्तै पवन सराफले ३६, अरिफुल इस्लामले ३२ र गुलशन झाले अविजित २८ रनको योगदान दिएका थिए।

त्यस्तै, विराटनगरका बलर एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने सन्दीप लामिछाने, प्रतिष जिसी र चारिथ असलंकाले एक एक विकेट लिएका थिए।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो।

विराटनगरका लागि लोकेश बमले सर्बाधिक ८७ रन बनाएका थिए। बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए। त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रनको योगदान दिएका थिए। त्यस्तै बसिर अहमदले १३ रन बनाएका थिए।  त्यसैगरी, कर्णाली याक्सका बलर कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए।

यो जितसँगै कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ।

प्रकाशित: Oct 29, 2026| 21:03 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्