काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो।
विराटनगरका लागि लोकेश बमले सर्बाधिक ८७ रन बनाएका थिए। बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए। त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रनको योगदान दिएका थिए। त्यस्तै बसिर अहमदले १३ रन बनाएका थिए।
त्यसैगरी, कर्णाली याक्सका बलर कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए।