बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं गोर्खाजले टस जित्यो, जनकपुरले पहिला बलिङ गर्दै

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन्।

यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ र पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। योसँगै जनकपुर बोल्ट्सले पहिला बलिङ गर्ने भएको छ। 

जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौँले आफ्नो पहिलो खेल खेल्दैछ। 

त्यसैगरी आज साँझ ५ बजेदेखि शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्।  कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो।

प्रकाशित: Oct 29, 2026| 12:24 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्