बुधबार, कात्तिक ११, २०८३

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

 |  बुधबार, कात्तिक ११, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४  विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए। त्यस्तै ब्रान्डन म्याकुलनले २२ रन बनाए भने सैफ जैबले १५ रनको योगदान दिएका थिए। त्यसैगरी पोखराका बलर शकिब अल हसन, मेहदी र धनन्जय लक्शानले एक एक विकेट लिएका थिए।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए।  त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए। 

यो सुदूरपश्चिम रोयल्सको दोस्रो खेलमा पहिलो जित हो।  पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले कमब्याक गरेको छ।  त्यस्तै पोखराले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ। 

एनपीएल अन्तर्गत भोली जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुदैछ। 

प्रकाशित: Oct 28, 2026| 20:33 बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्