काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ।
मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
कर्णालीले दिएको १३३ रन पछ्याएको जनकपुरले १९.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्बाधिक २० रन बनाए भने कप्तान हरमित सिंह र मोईन अलीले १९१९- रन बनाएका थिए। त्यस्तै जिम्मी निशामले १५ र मयन यादवले १४ रन बनाएका थिए।
त्यस्तै कर्णालीका बलर उनीस ठकुरी र हुसैन तलतले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन बनाएको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सर्बाधिक ४३ रन बनाए भने पवन सराफले ३७, दीपक धामीले १३ र गुलशन झाले १२ रन बनाएका थिए। त्यसैगरी जनकपुर बोल्ट्सका बलर हरमित सिंहले ३ विकेट लिए भने मोइन अली र राहुल यादवले २-२ तथा ललित राजबंशीले एक विकेट लिएका थिए।
अब एनपीएल अन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ।