काठमाडौं- नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुन तोलाको दुई लाख ७८ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।