बुधबार, कात्तिक ११, २०८३

कर्णाली याक्सले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन बनाएको हो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्बाधिक ४३ रन बनाए भने पवन सराफले ३७, दीपक धामीले १३ र गुलशन झाले १२ रन बनाएका थिए।

त्यसैगरी जनकपुर बोल्ट्सका बलर हरमित सिंहले ३ विकेट लिए भने मोइन अली र राहुल यादवले २-२ तथा ललित राजबंशीले एक विकेट लिएका थिए।

प्रकाशित: Oct 27, 2026| 19:03 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्