मंगलबार, कात्तिक १०, २०८३

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।  

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए। कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए। 

त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए।

प्रकाशित: Oct 27, 2026| 14:50 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्