काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछाएको विराटनगरले १९.३ ओभरमा १४९ रन बनाउदै अल आउट भएको थियो।
विराटनगरका लागि इमरान सेखले सर्बाधिक ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले ३३ रन बनाएका थिए। त्यस्तै लोकेश बमले २६ र अन्गेलो म्याथ्युजले १४ रन बनाएका थिए।
त्यस्तै चितवनका बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए। कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए। त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए।
एनपीएल अन्तर्गत आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुदैछ।