बुधबार, साउन १३, २०८३

दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

काठमाडौं- दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उहाँले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे। 

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत,  नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरेका छन्। 

जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो। नव निर्वाचित सांसद उम्मेदवार ठगुन्नाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै जिल्लाको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Mar 08, 2026| 08:05 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्