मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला बक्सिङ प्रतियोगिता आजबाट

प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला बक्सिङ प्रतियोगिता आजबाट

प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन पुरुष ६० केजीमा नक्सालका विजय थापा पहिलो भएका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन पुरुष ६० केजीमा नक्सालका विजय थापा पहिलो भएका छन्। 

National life

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा सुरु भएको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई हराउँदै पहिलो स्थान हात पारेका हुन्। ६० केजी स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई स्तब्ध बनाए।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए। पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जिवी खड्काको चुनौती समाप्त पारे। महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन्। महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन्।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे। उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक महेन्द्र राईलगायतको उपस्थिति रहेको थियो।


प्रकाशित: Nov 15, 2021| 20:25 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।