काठमाडौं- सान मरिनोको पोस्टमा १० गोल गर्दै इंग्ल्यान्डले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। समूह आईअन्तर्गतको अन्तिम खेलमा इंग्ल्यान्डले सान मरिनोमाथि १० गोलको सानदार जित निकालेको हो।
इंग्ल्यान्डले सन् १९६४ पछि पहिलो पटक दोहोरो अंकमा गोल गरेको हो। यो खेलमा कप्तान ह्यारी केन नायक रहे। उनी एक्लैले ह्याट्रिकसहित चार गोल गरे। उनका चारै गोल पहिलो हाफमा गरेका हुन्।
केनले ह्यारी चार गोल गर्दै ग्यारी लिन्करको ४८ गोलको रेकर्डसँग बराबरी गरेका छन्। साथै यसपहिले पन अल्वानीलाई ५-० गोलले हराउँने क्रममा ह्याट्रिक गरेका थिए। त्यसैले उनी अहिले एकै क्यालेन्डर वर्षमा १३ गोल यात्रामा छन्।
अहिले इंग्ल्यान्डको अन्तर्राष्ट्रिय गोलकर्तामा उनीभन्दा अघि बोबी चार्लटोन र वायन रोनी मात्र छन्। त्यसैले उनी अब इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता रोनीले बनाएको ५३ गोलको रेकर्डभन्दा पाँच गोलले पछि छन्।
इंग्ल्यान्डको लगातार दोस्रो खेलमा ह्याट्रिक गर्ने केन चौथो खेलाडीसमेत हुन्। उनीअघि विवियन वुडवर्ड, डिक्सी डिन र टम्मी टेलर छन्। त्यस्तै, आयन राइटले १९९३ मा सान मरिनोविरुद्ध चार गोल गरेका थिए। त्यसयता एकै खेलमा कुनै खेलाडीले चार गोल गरेका थिएनन्। जुन गएराति केनले गरे।
सोमबार रातिको खेलमा पहिलो हाफमै ६ गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा चार गोल थपेको थियो। खेलको छैटौं मिनेटमै ह्यारी मग्वायरले हेडरमार्फत् अग्रता बनाए। त्यस्तै बुकायो साकाको प्रहारलाई फ्ल्पिो फाब्रीद्वारा आत्मघाति गोल हुन पुग्यो।
फाब्री सान मरिनोको खेलाडी भएकाले यो गोल आत्मघातिको नाममा दर्ता भयो। खेलको २७ औं मिनेटमा र ३९ औं मिनेटमा दुई पेनाल्टी पाएसँगै केनले दुई गोल गर्न सफल भए। साथै केनले ३१ औं मिनेटमा र ४२ औं मिनेटमा पनि गोल गरे।
दोस्रो हाफमा इमिली स्मिथ रोय, ट्रोनी मिङ्स, टामी अब्राहम र बुकायो साकाले पनि समान १-१ गोल गरे। यता सन मारिनोका डेन्टी रस्सीले रातो कार्ड पाएर बाहिरिएका थिए।
समूहमा सान मरिनोले १० खेलबाट कुनै अंक जोड्न सकेनन्। यसकारण उ तालिकाको पुछारमा रह्यो। पुछारबाट दोस्रो स्थानको एन्डोराले सान मरिनोलाई दुई खेलमै हराएर ६ अंक जोड्यो सफल भयो।
शीर्षस्थानको इंग्ल्यान्डले २६ अंक बनायो भने दोस्रो स्थानको पोल्यान्डले २० अंक बनाएर अब प्ले अफ खेल्ने भएको छ। तेस्रो स्थानको अल्वानियाँको १८ अंक छ भने हंगरी १७ अंकसाथ चौथो स्थानमा छ।