काठमाडौं– अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा फ्रान्सले समूह चरणमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै फ्रान्सले कतारको यात्रा तय गरेको हो।
फ्रान्सले घरेलु मैदानमा काजखस्तानविरुद्ध ८–० गोलको सानदार जित निकालेको हो। सानदार जितका लागि युवा फरवार्ड केलियन एम्बाप्पेले ह्याट्रिकसहित चार गोल गरे।
त्यस्तै, करिम बेञ्जेमाले दुई गोल गर्दा इड्रिन राबियोट र एन्टोइन ग्रिजम्यानले समान १–१ गोल गरे। यो जितसँगै फ्रन्सले समूह डी मा १६ अंक बनाएर शीर्षस्थानमा छ।
यता काजखस्तान भने ५ अंकका साथ तालिकाको पुछारमा छ। दोस्रो स्थानको फिनल्यान्डको १९ अंक छ। गएरातिको खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको फिनल्यान्डले बोसनियाँ हर्जगोभिनाविरुद्ध ३–१ गोलको जित निकालेको थियो।