बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • काजखस्तानको पोस्टमा ८ गोल गर्दै फ्रान्स पुग्यो कतार विश्वकपमा

काजखस्तानको पोस्टमा ८ गोल गर्दै फ्रान्स पुग्यो कतार विश्वकपमा

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा फ्रान्सले समूह चरणमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै फ्रान्सले कतारको यात्रा तय गरेको हो।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा फ्रान्सले समूह चरणमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै फ्रान्सले कतारको यात्रा तय गरेको हो।

फ्रान्सले घरेलु मैदानमा काजखस्तानविरुद्ध ८–० गोलको सानदार जित निकालेको हो। सानदार जितका लागि युवा फरवार्ड केलियन एम्बाप्पेले ह्याट्रिकसहित चार गोल गरे।

त्यस्तै, करिम बेञ्जेमाले दुई गोल गर्दा इड्रिन राबियोट र एन्टोइन ग्रिजम्यानले समान १–१ गोल गरे। यो जितसँगै फ्रन्सले समूह डी मा १६ अंक बनाएर शीर्षस्थानमा छ।

यता काजखस्तान भने ५ अंकका साथ तालिकाको पुछारमा छ। दोस्रो स्थानको फिनल्यान्डको १९ अंक छ। गएरातिको खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको फिनल्यान्डले बोसनियाँ हर्जगोभिनाविरुद्ध ३–१ गोलको जित निकालेको थियो।

प्रकाशित: Nov 14, 2021| 07:29 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।