आइतबार, माघ ४, २०८२

इटालीलाई पछि पार्दै स्विटजरल्यान्ड विश्वकप छनोटमा

युरो कप विजेता टिम इटालीलाई पछि पार्दै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२२ मा छनोट भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- युरो कप विजेता टिम इटालीलाई पछि पार्दै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२२ मा छनोट भएको छ। समूह सीको अन्तिम खेलमा स्विट्जरल्यान्डलाई ४–० गोलले हराउँदै समूहको शीर्षस्थान पक्का गरेको हो। यता समूहका १६ अंक जोडेको इटाली भने शीर्षस्थानको स्विट्जरल्यान्डभन्दा दुई अंकले पछि पर्दै प्ले अफमा पुगेको छ।

National life

पछिल्लो विश्वकपमा गोल सेलिब्रेसनका लागि विश्वकै नमुना मानिएको स्विट्जरल्यान्डलाई फेरि विश्वकपमा पुर्याउन नोह आक्फोर, रुबिन भर्गस, सेड्कि इट्टेन र रेमो फ्रिउलरले गोल गरे।

यता गएराति अर्को खेलमा भने इटालीले नर्देन आयरल्यान्डसँग गोलरहित बराबरी खेलेपछि उसले विश्वकपमा स्थान बनाउन सकेन।

अब इटालीले विश्वकपमा पुग्न प्ले अफमा खेल्नु पर्ने भएको छ। सन् २०१८ को विश्वकपमा इटालीले स्थान सुरक्षित गर्न सकेको थिएन।

समूह सीमा नर्देन आयरल्यान्ड तेस्रो स्थानमा रह्यो भने बुल्गेरिया चौथो स्थानमा रह्यो। त्यस्तै तीन अंक मात्र जोडेको लिथुनिया समूहको पुछारमा रह्यो।

Laxmi sunrise bank
kumari

यता युरोपेली छनोटमै समूह एफबाट विश्वकपमा स्थान बनाइसकेको डेनमार्कले अन्तिम खेमला स्कटल्यान्डसँग २-० गोलको हार बेहोरेको छ।

स्कटल्यान्डको राजधानीमा भएको खेलमा डेनमार्कले हार बेहोरेको हो। समूहबाट दोस्रो स्थानमा रहँदै अब स्कटल्यान्डले प्लेअफ खेल्नेछ।

समूह एफमा इजरायल, अस्ट्रिया, फिरोइ आइसल्यान्ड र माल्डोवा क्रमश तेस्रो, चौथो, पाँचौ र छैटौं स्थानमा रहेका छन्।

प्रकाशित: Nov 16, 2021| 09:24 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।