आइतबार, असार २१, २०८३

कतार विश्वकप २०२२ मा पुग्यो विश्व नम्बर वान बेल्जियम

फिफा विश्व वरियताको एक नम्बरमा रहेको बेल्जियमले अर्को वर्ष हुने कतार विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– फिफा विश्व वरियताको एक नम्बरमा रहेको बेल्जियमले अर्को वर्ष हुने कतार विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो।

बेल्जियमलाई विश्वकपमा पुर्‍याउन क्रिस्टियन बेन्टेक, फेरेइरा करास्को र थोरगन हजार्डले गोल गरेका थिए। बेन्टेकले खेलका पहिलो हाफमा गोल गर्दै बेल्जियमलार्य अग्रता दिलाएका थिए।

यता दोस्रो हाफको बेल्जियमले  दुई गोल थप्यो। इस्टोनियाका तर्फबाट ७०औं मिनेटमा एरिक सोर्गले गोल फर्काएका थिए। यससँगै  समूह ईको शीर्षस्थानमा रहेको बेल्जियमले ७ खेलबाट१९ अंक जोड्दै शीर्षस्थानमा रहेर विश्वकपको यात्रा तय गरेको हो।

दोस्रोस्थानको वेल्सको १४ अंक छ। वेल्सले गएरातिको खेलमा वेल्सले बेलारुसलाई ५–१ गोलअन्तरले हराएको थियो। वेल्सका फरवार्ड ग्यारेथ वेलले शनिबार राति राष्ट्रिय टिमबाट १००औं खेल खेलेका थिए।

वेल्सले भने विश्वकप  पुग्नका लागि प्लेअफ खेल्ने तयारीमा छ। समूहमा बेलारुस ७ अंकका साथ तालिकाको पुछारमा छ भने इस्टोनिया ९ अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: Nov 14, 2021| 07:41 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।