काठमाडौं– मंसिर १ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको पहिलो दुई चरणको तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगको सुरुवाति दुई चरणको लिग तालिका सार्वजनिक गरेको हो।
अब लिगको उद्घाटन खेल मंसिर ३ गते पौने ५ बजे दशरथ रंगशालामा हुनेछ। सो दिन एक खेलमात्र हुनेछ। उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।
त्यस्तै दोस्रो, तेस्रो र चौथो दिन समान २–२ खेल हुनेछन्। अब खेल शुक्रबार, शनिबार, आइतबार र सोमबार हुनेछन्। बाँकी दिन रेस्ट दिएको छ।
एन्फाको लिग कमिटीले यो सिजनको लिग दशरथ रंगशालासहित एन्फा कम्प्लेक्स, च्यासल मैदान र पोखरा रंगशालामा गराउने तयारी गरिरहेको छ। १३ चरणमा हुने लिगको पहिलो दुई चरणका खेल दशरथ रंगशालामा मात्र हुनेछन्।
लिग कमिटीले दुई चरणका खेललाई पोखरा रंगशालामा गराउने तयारी गरिरहेको छ।
यी हुन् पहिलो दुई चरणका खेल: