आइतबार, असार २१, २०८३

नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

कतार भ्रमणमा रहेको नेपाली टिमले आफ्नो पहिलो खेलमा आयोजक टिमलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- कतार भ्रमणमा रहेको नेपाली टिमले आफ्नो पहिलो खेलमा आयोजक टिमलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कतारको दोहामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै चार विकेट गुमाएर १४७ रन बनाएको हो।

नेपालका लागि ओपनर सिता राना मगरले ३९ रन बनाएकी थिइन्। त्यस्तै, रिटायर्ड आउट भएकी इन्दू वर्माले ४७ बलमा ५५ रन बनाइन्। उनले ५ चौकाको मद्दतमा सो रन बनाएकी हुन्।

यता, रन आउट भएकी सरिता मगरले २१ रन जोडिन्। ओपनिङमा आएकी काजल श्रेष्ठले सम्झनलायक प्रदर्शन गरिनन् भने कप्तान रुविना क्षेत्री पनि शून्य रनमा आउट भइन्।

कतारका लागि एन्जिली म्यारी र सबिजा पनयनले समान १–१ विकेट लिए। नेपालले पहिलो टी-२० आई कतारसँग खेलेको हो भने नेपाली राष्ट्रिय महिला टिमले २३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेलेको हो।

प्रकाशित: Nov 16, 2021| 17:42 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।