आइतबार, वैशाख ७, २०८२

अनुशासन, स्पिरिट र मेहनतले बनेको विजेता धनगढी

खेलाडीको बल, दौड र अभ्यासमा निकै अब्बल देखिएको ललितपुरलाई हराउनु धनगढीको लागि चानचुनै कुरै थिएन। तर खेलभरि हाबी भइन् धनगढीकी कप्तान एवं डिफेन्डर रेविका पाण्डे।
 |  सोमबार, कात्तिक २९, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

सोमबार, कात्तिक २९, २०७८

vianetvianet

काठमाडौं– आइतबार दिउँसो धनगढीले केही विशेष जित्यो। त्यो जितसँगै उसले महिला लिग छनोटमा प्रथम स्थान हासिल गर्यो। सुदूरपश्चिमको महिला टिम विस्तारै राष्ट्रिय फुटबलसम्म आइपुगेको अनुपम उदाहरण हो त्यो।

triton college

त्यो जितपछि धनगढीका खेलाडी र समर्थक निकै उत्साहित देखिन्थे। नदेखिउन् पनि कसरी! दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै खेललाई ३–३ गोलको बराबरी गरेर पेनाल्टीमा जित निकालेको थियो धनगढीले।

खेलाडीको बल, दौड र अभ्यासमा निकै अब्बल देखिएको ललितपुरलाई हराउनु धनगढीको लागि चानचुनै कुरै थिएन। तर खेलभरि हाबी भइन् धनगढीकी कप्तान एवं डिफेन्डर रेविका पाण्डे।

त्यसो त पाण्डेले राष्ट्रिय टिममा पनि स्थान बनाइसकेकी छन्। विभागीय टिमकी पाण्डेले ललितपुरका निर्मला बिकेलगायत फरवार्डलाई अट्याकिङ थर्डमा खेल्ने मौका नै दिइनन्। उनको पावरफुल क्लियरेन्सले धनगढीको टिमले बल ललितपुरकै साइडमा खेलाइरह्यो।

यद्यपि ललितपुरले दुई गोलको अग्रता बनायो। जहाँ निर्मला बिके र मनिषा सेनले गोल गरे। तर पहिलो हाफमै धनगढीकी सीमा रावलले गोल फर्काइन्। दबाब बढाउन रजनी थोकरले गोल गरेपछि धनगढी पहिलो हाफमै ३–१ गोलले पछि पर्यो।

National life insurance

तर धनगढीलाई जित दिलाउन चन्दा नायक रहिन्। उनले दोस्रो हाफमा दुई गोल फर्काइन्। धनगढीले गरेका तीन गोलमध्ये दुई गोलमा ललितपुरकी गोलकिपर अंकित राईले ठूलो गल्ती गरिन्।

तर, उनले आफ्नो गल्ती सुधार गर्दै खेलको अन्तिम समयमा रेखा पौडेलको पेनाल्टी बचाएकी थिइन्। त्यसैले खेल पेनाल्टीमा गयो। पेनाल्टीमा ललिपुरलाई दबाब थियो भने धनगढीलाई केही ढुक्क थियो। त्यो किनभने पछिल्लो महिला लिगमा पनि सर्वोत्कृष्ट बनेकी उषा नाथ धनगढीकी कप्तान थिइन्। उनले दुई पेनाल्टी बचाएर त्यो सावित पनि गरिन्। त्यसैले पेनाल्टीमा धनगढीले ३–१ गोलको जित निकाल्यो। र, छनोटमा प्रथम भएर महिला लिगमा स्थान बनायो।

खेलाडीको बल, दौड र अभ्यासमा निकै अब्बल देखिएको ललितपुरलाई हराउनु धनगढीको लागि चानचुनै कुरै थिएन। तर खेलभरि हाबी भइन् धनगढीकी कप्तान एवं डिफेन्डर रेविका पाण्डे।

उपाधिको यात्रा सफल रहेको टिमका प्रशिक्षक रधवन्दर कार्की बताउँछन्। भन्छन्, ‘सोचेरै आएका थियौँ। लिग चरणमा हामी गोकर्णेश्वर नगरपालिकासँग १–१ गोलको बराबरी गरेर गोलको आधारमा अघि बढेपछि हामीले नहार्ने बाचा गरेका थियौँ।’

उनको टिमसँगको बाचा र योजना अन्ततः सफल भयो। कार्कीको सबैभन्दा महत्वपूर्ण योजना थियो विभागबाट उत्कृष्ट खेलाडी छनोट गर्ने। उनले आफ्नै क्षेत्रका खेलाडी छाने। त्यसमा थिए रेविका पाण्डे र उषा नाथ।

‘विभागका खेलाडी हाम्रो आफ्नै उत्पादन हो। अनि उनीहरुले हामी यहाँबाटै खेल्छौं भनेपछि हामीले विभागलाई अनुरोध गर्यौं। उनीहरु विभागमा गएको तीन वर्ष त भएको छ। एकदम नाम चलेको खेलाडी पनि होइन। तर टिमलाई सुहाउँदो खेलाडी छनोट गर्यौं,’ कार्कीले उपाधि जितेपछि नेपाल समयसँग भने।

धनगढीले उपमहानगरको नाम दिए पनि उसले कैलाली जिल्लाभरिबाट खेलाडी छनोट गरेको थियो। ‘जिल्लाभरिका खेलाडीबाट छनोट गर्यौं। मनकामना क्लबले जिम्मेवारी लिएर खेलाडी छनोट गर्यो। उसले एउटा क्याम्पियन गरेर खेलाडी छनोट गरेको हो। उसले खेलाडीलाई बस्ने–खाने व्यवस्था गरेर खेलाडी खोज्यो,’ उनले भने, ‘त्यसले राम्रो नतिजा दियो पनि।’

त्यसका पछि प्लेयर रुमको वातावरणले पनि सहयोग गरेको कार्कीको बुझाइ छ। भन्छन्, ‘हाम्रो टिम एकदमै अनुशासित थियो। सहयोगी भावनाका खेलाडी थिए। उनीहरुले भनेजसरी खेल्ने र काम गर्ने भएकाले नै यो उपाधि जितेको हो।’

छनोटमा व्यक्तिगततर्फ पनि धनगढीले चार उत्कृष्ट उपाधि हात पार्यो। बेस्ट फरवार्ड भइन् चन्द्रा भण्डारी। बेस्ट गोलकिपर बनिन् उषा नाथ अनि बेस्ट मिडफिल्डर बनिन् सरस्वती रोकाया।

उनले खेलपछि गोलकिपर उषा नाथको प्रदर्शनको तारिफ गरे। ‘एकदम राम्रो रह्यो उनको प्रदर्शन। पहिला भन्दा धरै राम्रो हुँदैछ,’ उनले भने, ‘हाम्रो खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। धेरै डेडिकेटेड खेलाडी हुन् चन्द्रा भण्डारी। त्यसो त उनले यू १६ मा खेलिसकेकी छन्। मैदानमा उनको उपस्थिति जहिल्यै पनि रोमाञ्चक हुने गर्छ। मेहनती छन्।’

कार्कीले नेपाली फुटबलमा चन्द्रालाई राम्रो स्ट्राइकरको रुपमा देखेको पनि बताएका छन्। चन्द्रा पनि यो उपाधिबाट निकै खुसी छन्। ‘बेस्ट फर्वाड पनि भइयो, उपाधि जितियो, धेरै खुसी लागेको छ,’ उनले भनिन्, ‘यू–१५ र यू–१६ खेलिसकेकी छु। अब सिनियर टिममा पर्नका लागि आशावादी छु।’

धनगढीले उपमहानगरको नाम दिए पनि उसले कैलाली जिल्लाभरिबाट खेलाडी छनोट गरेको थियो।

उनले उमेर समूहमा परेपछि गाउँघरमा गर्ने अभ्यास पनि राम्रो भइरहेको बताइन्। कोभिडका कारण लामो समय प्रतियोगिता नभए पनि पछिल्लो समय केही प्रतियोगिता सुरु भएका छन्। ‘हामीले वडाको गेम खेलेका थियौँ। त्यसपछि यो छनोट,’ उनले खेलबारे भनिन्, ‘खेलबाट नयाँ साथीहरुसँग चिनजान भयो। राष्ट्रिय टिममा परेका सिनियर खेलाडीसँग खेल्न पाउनु निकै खुसीको कुरा हो।’ उनी आउँदा दिनमा अझै मेहनेत गरेर खेल्नेमा प्रतिबद्ध छिन्।

एन्फाले यो छनोटमा विभागका तीन खेलाडीलाई खेलाउन पाउने छुट दिएको थियो। त्यो नियमको आधारमा फर्वाड रेखा पौडेल धनगढीको टिममा पुगेकी थिइन्। उनलाई लाग्छ यो प्रतियोगिताले महिला फुटबलमा सहभागिता र क्रेज प्रस्फुटित गरेको छ। भन्छिन्, ‘यो प्रतियोगितामा ३०–३१ टिम सहभागी बनेका छन्। महिला फुटबलमा त्यो राम्रो सुरुआत पनि हो।’

उनले थपिन्, ‘टाढाटाढाका नयाँ खेलाडीले यहाँ आएर खेल्न पाएका छन्। उनीहरुलाई अनुभव भएको छ। त्यसले अर्को पटक खेल्नमा प्रेरित गर्नेछ। खेलाडीले धेरै मेहनेत गरेका छन्। यसले जित्नेलाई पनि र हार्नेलाई पनि अझै मेहनत गर्न सिकाउँछ।’

उनले लिगमा छनोट भएको धनगढीको टिम विभागका खेलाडीबाहेक पनि उत्कृष्ट रहेको बताइन्। ‘हामीले जिताउन महत्वपूर्ण भूमिका निभायौँ होला तर विभागीय खेलाडी विना पनि धनगढीको खेल स्पिरिट राम्रो छ। यहाँ बहिनीहरु मेहनत गरेर खेल्ने खेलाडी छन्। खेल्नुपर्छ, गर्नुपर्छ भन्ने जोश छ।’

प्रकाशित: Nov 15, 2021| 14:40 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।