आइतबार, असार २१, २०८३

विश्वकपमा छनोट भए सर्बिया, स्पेन र क्रोएसिया

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ मा सर्बिया, स्पेन र क्रोएसिया छनोट भएका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ मा सर्बिया, स्पेन र क्रोएसिया छनोट भएका छन्। आइतबार राति सम्पन्न समूह चरणको खेलमा जित निकाल्दै यी टिम कतार विश्वकपमा छनोट भएका हुन्।

समूह एको सम्पूर्ण खेल आइतबार राति सकियो। जहाँ सर्बियाले पोर्चुगललाई उसकै घरेलु मैदानमा २-१ गोलले हराएर विश्वकपमा स्थान सुरक्षित गर्‍यो।

विश्वकपमा स्थान बनाउने बलियो सम्भावना बोकेको पोर्चुगका रेनाटो साञ्चेजले दोस्रो मिनेटमै गोल गरेर अग्रता बनाए पनि पोर्चुगलले अग्रता कायम राख्न सकेन्। यता सर्बियाका डुसन ताडिच र अलेक्सान्डर मित्रोविचले गोल गरे।

यससँगै पोर्चुगलले विश्वकप पुग्न अब प्ले अफ खेल्नुपर्ने भएको छ। समूहमा सर्बियाले २० अंक बनायो भने पोर्चुगलले १७ अंक जोड्यो। यता आयरल्यान्ड, लक्जेम्बर्ग र अजरबैजान क्रमशः तेस्रो, चौथो र अन्तिम स्थानमा रहे।

त्यस्तै, समूह बीको अन्तिम खेलमा स्विडेनलाई १-० गोलले हराउँदै स्पेनले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। आइतबार राति स्पेनको जितका लागि अल्वेरो मोराटालो गोल गरे।

त्यो जितसँगै स्पेनले १९ अंक जोड्यो भने दोस्रो स्थानको स्डिेनले १५ अंक बनायो। समूहमा ग्रिस, जर्जिया र कोसोभो क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्।

अब समूह सी, डी, ई, एफ, जी र आई समूहको अन्तिम खेल हुन बाँकी छन्। जहाँ सी र जीसमूहबाट कुन टिम विश्वकपमा पुग्ने हो त्यो टुंगो लाग्न बाँकी नै छ। यता समूह डी बाट एक खेल अगाबै साविक विजेता फ्रान्स विश्वकपमा पुगिसकेको छ।

समूह ई बाट बेल्जियमले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने एफबाड डेनमार्क विश्वकपमा पुगेको छ। समूह जी मा शीर्ष तीनमा रहेका नेदरल्यान्ड्स, टर्की र नर्वे विश्वकपमा पुग्ने पूग्ने दाउमा छन्। उनीहरुको क्रमशः २०, १८ र १८ अंक छ।

त्यसैगरि, समूह एच बाट आइतबार रातिको खेलमा रसियालाई हराउँदै क्रोएसियाले विश्वकपमा स्थान बनाएको छ। उसले घरेलु मैदानमा रसियामाथि १-० गोलको जित निकालेको हो।

क्रोएसियाले आत्मघाति गोलको सहयोगमा जित निकालेको हो। समूह आईमा इंग्ल्यान्डको २३ अंक छ भने दोस्रो स्थानको पोल्यान्डको २० अंक छ। दुवैको खेल आज राति हुनेछ। सो खेलबाट को विश्वकपमा पग्ने टुंगो लाग्नेछ।

यता समूह जे बाट भने जर्मनी विश्वकपमा पुगिसकेको छ भने म्यासेडोनिया प्ले अफमा पुगेको छ।

युरोपेली विश्वकप छनोटका समूह चरणका खेल मंगलबार राति सकिने छन्। त्यसपछि प्ले अफका खेल बाँकी हुनेछन्।

प्रकाशित: Nov 15, 2021| 10:35 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।