आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलो खेल रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको दोस्रो खेल भोलि

पहिलो खेल रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको दोस्रो खेल भोलि

कतार विश्वकप छनोटअन्तर्गत भोलि (बुधबार) बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– कतार विश्वकप छनोटअन्तर्गत भोलि (बुधबार) बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै छन्। अर्जेन्टिनाको सङ कुवाङ डेल विसेन्तानारियोमा हुने खेलमा ब्राजिलले घरेलु टिमको सामना गर्न लागेको हो।

यी दुई टिम पछिल्लो पटक कोपा अमेरिकाको फाइनलमा भेट भएका थिए। सो फाइनलमा १–० गोलको जित निकाल्दै अर्जेन्टिनाले ब्राजिली भूमिमा उपाधि जितेको थियो। त्यसपछि यी दुईको भेट विश्वकप छनोटको दौरान ब्राजिली रंगशालामै भएको थयो।

तर त्यो खेल हुन सकेन। खेल सुरु भएको पाँच मिनेटमा स्वास्थ्यर्कीले मैदानका खेलाडी समाउन थालेपछि रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको पहिलो लेगको खेल अझैसम्म हुन सकेको छैन। त्यसरी हेर्दा यो खेल दोस्रो लेगको खेल हो।

तर सो खेल स्थगित भएपछि विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना पहिलो पटक भिड्दैछन्।

गएको महिना कोरोना महामारीले प्रभावित पारेको अवस्थामा ब्राजिलले इंग्ल्यान्डबाट त्यहाँ जाने खेलाडीका लागि १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको थियो। त्यसकारण इंग्ल्यान्डको प्रिमियर लिग खेलिरहेका ब्राजिलका महत्वपूर्ण खेलाडीहरुले पनि खेलमा सहभागी बन्न पाएका थिएनन्।

यता अर्जेन्टिनामा भने क्वारेन्टिनको सो नियम थिएन। त्यसैले इंग्ल्यान्डबाट दक्षिण अमेरिका गएको १४ नबित्दै खेलाडी ब्राजिल पुगेका थिए। त्यसैले ब्राजिलको कोभिड प्रोटोकल नमानेको भन्दै त्यहाँका स्वास्थ्यकर्मीले खेलमा अवरोध जनाएका थिए।

अहिले ६ खेल अगावै ब्राजिल विश्वकपमा छनोट भएको छ। उसले १२ खेलमा ३४ अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो। दोस्रो स्थानको अर्जेन्टिना पनि विश्वकप छनोट हुने बाटोमा छ।

समूहमा तेस्रो स्थानको इक्वेडरको २० अंक छ भने चौथो स्थानको चिलीको १६ अंक छ। समान १६–१६ भएका कोलम्बिया र उरुग्वे पाँचौ र छैटौं स्थानमा छन्।

यता ब्राजिलका फरावार्ड नेयमारले भने बुधबार विहानको खेल गुमाउने भएका छन्। उनको खुटामा चोट लागेको कारण उनले खेल गुमाउने भएका हुन्। यता पेरिस सेन्ट जर्मेनमा चोट लागेका भनिएका अर्जेन्टिनाका फरवार्डले भने राष्ट्रिय टिमबाट खेल्ने भएका छन्। खेल बुधबार विहान ५ः१५ बाट सुरु हुनेछ।

प्रकाशित: Nov 16, 2021| 16:27 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।